ओलीले बनाए एमालेको ११ सदस्यीय अध्यक्ष मण्डल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले ११ सलस्यीय अध्यक्ष मण्डल बनाइएको हो । अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल रहेका छन् ।

त्यस्तै, एमालेले पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वमाओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।

महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ ।

जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् । एमालेमा यो पटक विभिन्न पदहरुमा निकै ठूलो प्रतिशपर्धा देखिने भएको छ ।

एमालेमा ओली प्यानल, १० भाईको एउटा प्यानल र पूर्वमाओवादी नेताहरुको प्यानलसहित तीन प्यानल चुनावी प्रतिशपर्धामा होमिने छ । अध्यक्षका लागि उपाध्यक्ष भीमबहादुर रावलले उम्मेदवारी घोषणा गरिसकेका छन् । बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा (बादल) र सुवास नेम्वाङले दावि पेश गरेका छन् तर उमेदवारी घोषणा भने गरेका छैनन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 245
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    245
    Shares

प्रतिक्रिया दिनुहोस !