अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन : प्रचण्ड

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अहिले प्रधानमन्त्रीभन्दा कम नभएको बताएका छन् ।

कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उद्घाटनका क्रममा प्रचण्डले आफु प्रधानमन्त्री भन्दा कम नभएको बताएका हुन् । कुनै समय एउटे पार्टीमा रहेर केपी ओलीसँग काम गरेको समयको जस्तो अहिले नभएको भन्दै उनले भने, अहिले म प्रधानमन्त्री त छैन, तर प्रधानमन्त्रीभन्दा कम छैन ।’

साथै, अध्यक्ष प्रचण्डले ओलीका कारण राजनीतिक स्थायित्वको आफ्नो सपना साकार हुन नसकेको टिप्पणी समेत गरे । प्रचण्डले यो गठबन्धन धेरै जाँदैन भन्नेलाई सरकारले जवाफ दिन थालेको पनि बताए । प्रचण्डले गठबन्धन अझै बलियो बन्दै गएको पनि दाबी गरे । कैलाली पुगेर प्रचण्डले भने, अहिले म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम छैन

चितवन । आगामी मंसिर १० देखि १२ सम्म चितवनमा नेकपा एमालेको १० औँ महाधिवेशन भव्य रुपमा गर्न लागिएको छ । महाधिवेशनमा उपस्थित सबैका लागि गाँस, बाँसको दरिलो व्यवस्था गरिएको छ ।

तीन दिने महाधिवेशनको पहिलो विशेष भोज अध्यक्ष केपी शर्मा ओलीले खुवाउने बताइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र भव्य रुपमा आयोजना गरिएको छ ।

बन्द सत्रका लागि भनेर होटेलका ३५ सय बेड अग्रिम बुकिङ गरिएको छ । बन्द सत्रको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूलाई निमन्त्रणा गरिएको छ । बन्द सत्रका लागि भनेर होटल सेभेन स्टारमा सबैका लागि तीन छाक खानाको व्यवस्था भएको छ भने दुई छाक खाना भने बस्ने होटेलमै व्यवस्था गरिएको छ ।

पहिलो विशेष भोज : मंसिर १० गते बेलुकी एमाले अध्यक्ष ओलीको तर्फबाट विशेष खानाको व्यवस्था । बन्द सत्रको तीन छाक खानामा १०÷१० प्रकारका खानाको आइटमहरु रहेका छन् । प्रत्येक छाकमा खसीको मासु, कुखुराको मासु र माछा अनिवार्य राखिएको छ ।

पहिलो छाक : सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल।

दोस्रो छाक : सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना ।

अन्तिम वा तेस्रो छाक : सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 300
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    300
    Shares

प्रतिक्रिया दिनुहोस !