एमालेको चुनाव चिन्हमा ग्रहण लाग्यो, कलम चिन्ह चम्किँदैछ : माधव नेपाल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

जनकपुर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्हामा ग्रहण लागेको र आफ्नो पार्टीको चिन्ह कलम चम्किएको टिप्पणी गर्नुभएको छ । बुधबार जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली पार्टी चोइटिएपछि बरबराउन थालेकोसमेत आरोप लगाउनुभयो ।

‘ओली पार्टी चोइटिएपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थाले। उनी एक्लिदै गएपछि गालीगलौजमा उत्रिए। तर हामी कुनै प्रतिकार गर्दैनौँ,’ उहाँले भन्नुभयो, ‘चुनावपछि विचरा भन्ने अवस्था आउनेछ।’ आफूहरुको पार्टी विस्ताको कार्यक्रमलाई देखेर ओली अतालिएको पनि अध्यक्ष नेपालले टिप्पणी गर्नुभएको थियो ।

यस्तै, काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।” उहाँले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने बताउनुभयो ।

एमालेको १०आँैं महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उहाँको भनाइ थियो । उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले नारायणी नदी किनारमा गैँडाकोट तर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिनुभयो ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै उहाँले प्रतिनिधि र नेता यहाँ आउने क्रम सुरु भएको जानकारी दिनुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।
सेयर गर्नुहोस
  • 2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares

प्रतिक्रिया दिनुहोस !