को हुन् शहरी विकास मन्त्रालयका सचिवसँग टाँसिएर होटल हिमालयमा छिर्ने महिला ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – शहरी विकास मन्त्रालयका सचिव हुन् डा.रमेशकुमार सिंह । त्यही मन्त्रालयको नेतृत्व गरिरहेकी छिन्, विधि र व्यवस्था परिवर्तनको संघर्षबाट आएकी नेतृ रामकुमारी झाँकी ।

मन्त्री र सचिवको व्यवहार ठिक उल्टो छ । मन्त्री आन्दोलनको रापबाट सिंहदरबार छिरेकी छन् भने सचिव उनीभन्दा ठीक उल्टो, माया–प्रेमको संघर्षमा लिप्त ! त्यही मन्त्रालयअन्तर्गतको एक परियोजनामा छिन्, झापाली महिला ।

मन्त्रालयको सहसचिव वा विकासविज्ञ मात्र नियुक्तिको योग्यतामा पर्ने उक्त निकायमा ती महिला आयुक्त पदमा नियुक्त भएकी छन् । सचिव सिंहले कुपण्डोलस्थित होटल हिमालयमा एउटा अलग्गै कोठा लिएका छन् ।

त्यही कोठामा उनै महिला आयुक्तसँग नियमित ‘बैठक’, ‘छलफल’ जारी रहन्छ । केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त भएकी हुन्, तर ओलीले चिनेर, चाहेर वा भनेर नियुक्त भएकी हैनन् ।

ऐनविपरीत उनलाई त्यहाँ नियुक्ति दिलाउने काम सचिवले गरेका हुन् । भन्न त के भनियो भने, झापा माइत, गुल्मी घर भएकै कारण उनले त्यो पद पाइन् ।

किनभने, त्यो सरकारमा गुल्मीका नेता प्रदीप ज्ञवाली पनि प्रभावशाली मन्त्री थिए । त्यसमाथि उनी ज्ञवालीकी बुहारी । तर, यी सब हावादारी कुरा हुन् । मुख्य कुरा हो, सचिवले रुचाउनु ।

सचिव सिंहले महिला र पुरुषलाई गर्ने ‘रेस्पोन्स’ नै फरक छ । पुरुषहरू उनलाई भेट्न गए बाहिरै भेट्छन् । तर, महिला, चाहे जस्तासुकै र जेसुकै काम लिएर गएका किन नहुन्, सीधै गोप्य कोठामा बोलाउने ।

सचिवको यो ताल देखेर मन्त्री रामकुमारी तीन छक्क परेकी छन् । परियोजनामा नियुक्त भएकी ती महिलालाई त्यहाँबाट हटाउनका लागि प्रशासनिक प्रक्रिया शुरु भएको छ ।

तर, प्रत्येक प्रशासनिक प्रक्रियामा सचिवको भूमिका हुन्छ । रामकुमारीले ती महिलालाई हटाउन चाहेपछि सचिवले पार्टी अध्यक्ष माधव नेपाल कहाँ यो कुरा पु¥याइसकेका छन् ।

मधेसी समुदायका मानिससँग सहज रूपमा भेट्ने र कुरा सुन्ने स्वभावका माधव नेपालले सचिव रमेश सिंहले ती महिलाको पक्षमा र रामकुमारीको विरुद्ध सुनाएको कुराबारे रामकुमारीसँग सोधेछन् ।

जब यथार्थ कुरा माधवले सुने, त्यसपछि सचिव र ती महिला दुवैलाई भेट्ने समय नदिनू भन्ने निर्देशन छ । ती महिला सरकार विस्तार हुनुअघि माधवलाई भेट्न कोटेश्वर गइरहन्थिन् । रामकुमारी मन्त्री भएपछि रामकुमारी र माधवकै पनि निकै चाकडी गरिन् । तर, न मन्त्रीले न पार्टी अध्यक्ष, दुबैले उनको शैलीलाई रुचाएनन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 127
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    127
    Shares

प्रतिक्रिया दिनुहोस !