कैलाली क्षेत्र नम्बर २ मा पुनः प्रतिनिधि चयन गर्नुपर्छः भीम रावल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि चयनको प्रक्रिया पार्टी निर्णय र विधि विपरित रहेको एमाले उपाध्यक्ष भीम रावलले बताएका छन् । उनले निर्वाचन नै नगरी स्वेच्छाचारी किसिमले प्रतिनिधिको नाम पठाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘१२२३ पार्टी सदस्यहरूले हस्ताक्षर गरी उक्त अनियमित कार्य बदर गरी विधिवत् निर्वाचन गराउनका लागि संगठन विभागमा लिखित निवेदन दिएको तथा मैले उक्त प्रकारको गलत कार्य हुननदिन समयमै पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएन’, उनले भने । उनले उक्त निर्णय बदरको माग गरेका छन् । उनले विधिवत रूपमा प्रतिनिधि चयन गर्न माग गरेका छन् ।

यो पनि – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु एमाले अध्यक्षको लागि उठ्ने नउठ्ने निर्णय नगरिसकेको बताएसंगै उपाध्यक्ष भीम रावल १० औं महाधिवेशनमा नेकपा एमाले अध्यक्षको लागि अहिले सम्म एक्लो उम्मेदवारी बनेका छन ।

आज मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले आफूलाई चुनौती दिनेलाई सम्मान र स्वागत गर्ने बताए। एमालेको अध्यक्षको रुपमा ओली नै दोहोरिने निश्चित प्राय भएको बेलामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन्।

मैले अध्यक्षमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन। उठ्ने भएँ भने अध्यक्षमा अरुलाई नउठ्न भन्दिनँ, उनले भने। अध्यक्षमा यसअघि नै भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।

तर, त्यसलाई चुनौतीको उनले चर्चा गरेनन्। रावलजीले मलाई चुनौती दिनुभएको होइन। उहाँले मप्रति आदर सम्मान नै गर्नुभएको छ। तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको छ उनले भने।

नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको जोरजुलुम वा दबाब नहुने उनको भनाइ थियो। उनले आफूले नउठ्न आग्रह गर्दा दबाब दिएको हुनसक्ने भएकाले आफूले त्यस खालको दबाब वा अभिव्यक्ति नदिने बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 488
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    488
    Shares

प्रतिक्रिया दिनुहोस !