शेरधन राईको बोल्ड निर्णयले एमालेमा नयाँ तरङ्ग !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एमाले पोलिटव्युरो सदस्य एवं प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताएका छन्।

भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुगेका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिए।

एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ। नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो। एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित भएका हुन्।

‘यसपटक राष्ट्रिय महाधिवेशनमा आफूलाई सबैभन्दा कान्छो पदाधिकारीको रूपमा प्रस्तुत गर्ने निधो गरेको छु। त्यो भनेको हामीले विधान महाधिवेशनमा सात जना सचिवको व्यवस्था गरेका छौँ। त्यो सातमध्ये एउटा सचिवमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्ने तयारी गरेको छु’, उनले भने।

एमालेले यसपटक महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प गरेको उनले बताए। त्यसैअनुरूप नेतृत्वलगायतका नेताहरूले पहलकदमी लिएको उनको भनाइ छ।

यस्तै, काठमाडौँ – नेपाली कांग्रेस आगामी निर्वाचनमा एक्लै चुनावि मैदानमा होमिने सोचिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका व्यक्तिहरुलाई निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै बोल्न लगाएका छन् ।

तर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसको विपरित आगामी तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन रहने दावी गरेका छन् ।कांग्रेसका केही नेताले महााधिवेशनमा भोट पाउनका लागि मात्रै गठबन्धन हुँदैन भन्ने गरे पनि आन्तरिक रूपमा सबैले गठबन्धन चाहेको उनले बताए ।

‘कांग्रेसको महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका अध्यक्ष प्रचण्डले धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर भित्री रूपमा गठबन्धन नगरेर हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन् ।’

त्यही कारण तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम रहने प्रचण्डको विश्वास छ । त्यसका लागि अहिले सवै दलबीच राम्रो समझदारी बनेको उनको भनाई छ ।पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको उनले बताए ।

संसारमा जहाँ पनि संयुक्त सरकार हुने ठाउँमा पार्टीहरूले एउटा न एउटा संयन्त्र आपसी समझदारी सुदृढ गर्नका लागि बनाउने गरेको प्रचण्डले उल्लेख गरे ।उनले भने, ‘सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरूले आपसी समझदारी, सहमति, अन्तरक्रिया र आउने इस्युमा समान धारणा बनाउन यस्तो संयन्त्र बनाएको अभ्यास छ ।’

संयन्त्रले गठबन्धनलाई आउने चुनावसम्म लैजाने बाटो प्रष्ट भएको उनको भनाइ छ । तत्कालै राष्ट्रिय सभामा खाली हुने १९ सिटमा गठबन्धनका दलहरू मिलेर चुनाव लड्ने नीतिगत र व्यावहारिक निर्णय नै गरिसकिएको उनले जानकारी दिए ।

‘यो चुनावको परिस्थित हेरिसकेपछि आउने सबै चुनावमा समझदारी बनाएर जाने हो,’ उनले भने ।अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह पनि गरेका छन् । यसैगरी उनले एमसिसीको विषयमा सबैसँग सल्लाह गरेर अगाडि बढ्ने बताए । तीन तहको चुनाव एकैसाथ गर्दा खर्च कम हुने प्रचण्डको भनाइ छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 464
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    464
    Shares

प्रतिक्रिया दिनुहोस !