रामचन्द्र पौडेलले देउवालाई पठाएको गोप्य सन्देश, सन्देशमा के छ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ – नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिदै छ । महाधिवेशनमा सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिका स्वभाविक दावेदार हुन् । तर देउवा पक्षका महाधिवेशन प्रतिनिधिले जित हासिल गरेपछि पौडेल पक्ष झस्किएको छ । अहिलेसम्म प्राप्त मत परिणामअनुसार देउवा पक्ष अघिल्लो महाधिवेशनमा भन्दा निकै बलियो देखिएको र पहिलो चरणमै बहुमत प्राप्त गरी पुनः सभापतिमा देउवा नै दोहोरिने आंकलन पौडेल पक्षले गरेको छ ।

जे गरे पनि देउवालाई हराउन नसक्ने देखिएपछि संस्थापन इतर पक्षबाट सभापतिको उम्मेदवारका रुपमा परिचित पौडेलले सभापति देउवालाई गोप्य सन्देश पठाएका छन् । पौडेलले देउवालाई पठाएको सन्देशमा सभापतिमा सहयोग गर्ने उल्लेख छ ।

पौडेलले आफूलाई आगामी निर्वाचन पश्चात राष्ट्रपतिमा समर्थन गर्ने सर्तमा देउवालाई सहयोग गर्ने आशयको सन्देश पठाएको देउवा निकट श्रोतको भनाई छ ।

अहिलेसम्म प्राप्त मत परिणामलाई हेर्दा आफ्नो उपस्थिति लाजमर्दो भएपछि उपसभापतिका उम्मेदवार विमलेन्द्र निधि पनि निरास बनेको उनी निकटस्थहरुले जनाएका छन् ।

अहिले उम्मेदवार बनेर कम मत आयो भने आफ्नो हैसियत झन कमजोर हुने ठानेर पौडेल, सिंह, कोइराला, निधिलगायतका नेता वैकल्पिक उपाय खोजेर राजनीति सुरक्षित गर्ने रणनीतिमा जुटेको पाइएको छ ।

पौडेलले भविष्यमा राष्ट्रपति बन्ने बाटो खुले सभापतिमा देउवालाई नै सहयोग गर्ने मनसायको सन्देश पठाएका हुन् । पौडेलको अर्को सर्त आफ्ना छोरा चिन्तन पौडेलको राजनीतिक सुरक्षा रहेको जानकारहरु बताउँछन् । यसका लागि उनले पटक पटक देउवासँग छलफल गरिसकेको बताइएको छ ।

उसो त उनले इतर समुहबाट उम्मेदवार बन्न चाहेकाहरुलाई यही शर्त राखेको उनी निकटस्थहरुले जनाएका छन् । प्रकाशमानले समेत साथ नदिने भएपछि पौडेल तेस्रो हुन उम्मेदवार नबन्ने मनस्थितिमा पुगेको जनाइएको छ ।

उसो त प्रकाशमानले पनि सभापतिको निर्वाचन दोस्रो चरणमा लाने र अन्तःमा कुनै बार्गिनिङ गरी देउवालाई नै सहयोग गर्ने मनसायसाथ अगाडि बढेको जनाइएको छ ।

सिटौला लामो समयदेखि देउवासँगै सहकार्यमा छन् भने डा। शशांक देउवासँग लचक हुँदै आएको पाइन्छ । ‘धेरै नेताहरु अहिले देउवासँग लेनदेनको बार्गेनिङमा छन् । लेनदेन नमिले मात्र उम्मेदवार हुने देखिन्छ’ दुई पक्षीय छलफलहरुमा संलग्न रहँदै आएका एक नेताले भने ।

देउवा लचिलो स्वभावका नेता भएकाले लेनदेन हुन सक्ने बताइएको छ । योसँगै देउवा पहिलो चरणमै बहुमत भोट आफ्नो पोल्टामा पार्ने गरी तयारीमा जुटेको उनी निकटस्थहरुले जनाएका छन् ।

यसैगरी पदाधिकारी उम्मेदवार हुन चाहनेहरुले पनि देउवाकै आशिर्वाद खोजिरहेको पाइएको छ । पौडेल(कोइरालाबाट पदाधिकारी दावी गर्नेहरुले बहुमत देउवासँगै रहेकाले इतरसमुहबाट जित्न नसकिने ठहर गर्दै देउवाकै आशिर्वाद खोजेको देउवा निकट एक नेताको भनाई छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 240
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    240
    Shares

प्रतिक्रिया दिनुहोस !