सरकारी विद्यालयमा शिक्षामन्त्रीको छड्के, यस्तो दृश्य देखियो !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल आकस्मिक विद्यालय अनुगमन गरेका छन् । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्यार्थी रहेका छन् ।

कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए । ‘बाबुआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो,’ उनले भने, ‘देशमा  निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलबाड नहोस् ।’

उनले शिक्षक, तथा विद्यार्थीहरूले थप परिश्रम गरि नमुना विद्यालयको रूपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्रीमा नियुक्त भए लगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरे ।

एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाई दिएका छन् ।
सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईँले दिनुभएको छ’ मन्त्री पौडेलले भने, ‘शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरूमा तपाईँलाई मन्त्रालयले सहयोग गर्छ ।’

कक्षा १२ सम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाको पढाइ हुन्छ । साथै कक्षा ९ मा इलेक्ट्रिक इन्जिनियरिङ अध्यापन गराइने विद्यालयका प्रअ हेरम्बराज कँडेलले जानकारी दिए । देशभरका सार्वजनिक विद्यालयमध्येको विश्व निकेतन माध्यमिक विद्यालय राम्रो मध्येको एकमा पर्दछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !