भीम रावलले एकै मिनेटमा जिते देशभरको प्रतिनिधिको मन, ओलीलाई झट्का

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन– नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् ।

रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन् ।

चितवनमा उनलाई भव्य स्वागत गरिएको छ । एमालेको एकल अध्यक्षको उम्मेदार भन्दै भब्य स्वागत गरिएको हो । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा पुगेकोमा उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन्।

रावल स्थलमार्गबाट महाधिवेशन स्थल पुगेका थिए। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट जहाजबाट उडेर चितवन पुग्दा रावल स्थल मार्ग हुँदै चितवन पुगेका हुन्।

नेकपा एमालेको १०औं महाधिवेशनका लागि चितवनमा ट्राफिक व्यवस्थापन चुस्त पारिएको छ । भोलि शुक्रबार नारायण नदी किनारमा उद्घाटन हुने महाधिवेशनमा एमालेले ५ लाखभन्दा बढी नागरिक उतार्ने तयारी गरेका बेला प्रहरीले ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश बाहिरबाट जनशक्ति मगाएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसपी नवराज अधिकारीले सुरक्षा योजनाबमोजिम आवश्यकताअनुसार विभिन्न प्रदेशबाट झिकाएर प्रचुर मात्रामा ट्राफिक प्रहरी परिचालन गरिएको बताए ।

उनकाअनुसार सय जना बाहिर प्रदेशबाट झिकाइएको छ । ६० जना आन्तरिक प्रदेशबाट खटिएका छन् । प्रदेश ट्राफिक र चितवनको जनशक्ति छुट्टै खटिएको छ ।

एआईजी सहकुल थापाको कमाण्डमा सम्पूर्ण रूपमा सुरक्षा योजना अपनाई प्रहरीहरू परिचालन भएको उनले जानकारी दिए । उनकाअनुसार एआईजी थापा, प्रदेश प्रहरी प्रमुख डीआईजी प्रकाशजंग कार्की चितवन आइसकेका छन् । यसका साथै बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मालबहाक सवारी प्रवेशमा पूर्ण रोक लगाएको प्रहरीले जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 3.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

प्रतिक्रिया दिनुहोस !