१७ वर्षदेखि ह्विल चियरको सहारामा बाँचेका इन्स्पेक्टर : गो”ली खाए, हार खाएनन्

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सुर्खेत : दृढ इच्छाशक्ति र धैर्यता भयो भने अपांगता भएका व्यक्तिले पनि आफूलाई अब्बल सावित गर्न सक्छन् भन्ने उदाहरण हुन्, प्रहरी इन्स्पेक्टर किशोर शाही। १७ वर्षदेखि ह्विल चियरको सहारामा रहेका इन्स्पेक्टर शाहीले गरेको काम हेर्ने हो भने उनी अपांगता भएका व्यक्ति हुन् भन्ने छनक समेत पाइँदैन।

कालिकोटको खाँडाचक्र नगरपालिका– ६ स्थायी घर भई सुर्खेतको वीरेन्द्रनगर बस्दै आएका शाही २०५८ सालमा सहायक प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवा प्रवेश गरेका गरेका थिए।

२०६१ माघ १४ गते पूर्व–पश्चिम राजमार्गमा गस्ती गरिरहेको बेला तत्कालीन माओवादी वि द्रो हीले एक्कासि गोलाबारी गरेपछि उनलाई दुई वटा गो ली लाग्यो। एउटा गो ली उनको मेरु द ण्डमा लाग्यो।

गो लीकै कारण उनलाई स्पा इनल क र्ड इन्जु री भयो। ४६ दिन प्रहरी  अस्पतालको आइसियुमा बसेका शाही त्यसपछि काभ्रेमा रहेको स्पा इनल पुनःस्थापना केन्द्र गए। त्यहाँबाट फर्किएपछि उनी काठमाडौं, जोरपाटीमा बसे। मे रुद ण्डमा इ न्जुरी भएपछि उनी १७ वर्षयता ह्विलचेयरको सहारामा जीवन बिताउँदै आएका छन्।

तर, उनले ह्विल चेयरबाटै समाजमा अनुकरणीय काम गर्दै आएका छन्। प्रहरीले जस्तै दैनिक ड्युटी गर्न नसके पनि उनले आफूजस्तै समस्या भएका अरू मानिसलाई सहयोग गरेर आयआर्जनको बाटोमा लगाउने कोसिस गरिरहेका छन्।

उनको काममा उनकी श्रीमतीको पनि उत्तिकै साथ छ। अहिले इन्स्पेक्टर शाही ‘कर्णाली डिसेबल भोकेसनल ट्रे निङ एन्ड प्रो डक्सन प्रालि’ दर्ता गरेर अपांगता भएकाहरुलाई सिपमूलक तालिम दिन्छन्।

गत वर्ष मात्रै उनले १५ जना अपांगता भएकाहरुलाई १३ महिनासम्म सिलाइ–कटाइ सम्बन्धी तालिम दिए। तीमध्ये केही आफैं कमाउन सक्ने भएका छन् भने केहीले घरै बसेर काम गरिरहेका छन्। स्पा इन ल क र्ड इ न्जु री भएपछि उनलाई दिसा–पिसाबदेखि बाहिर–भित्र गर्न पनि अरुकै सहारा चाहिन्थ्यो। उनी मनमनै सोच्थे, ‘म परिवार र समाजका लागि बो झ पो भएँ कि? यसरी बाँ चेर के काम।’ यही सोचले उनले चार पटकसम्म प्रयास समेत गरे।

‘स्पा इ नल क र्ड इ न्जु री भएपछि मेरो सहारा ह्विलचेयर भयो। दिसा–पिसाब गर्न पनि अरुकै भर पर्नुपर्ने, कोही नभएको बेला त बेडमै दिसा–पिसाब गर्ने अवस्था भएपछि बाँ चेर काम छैन भन्ने सोच आयो,’ उनले भने, ‘पटक–पटक त्यो सोच आए पनि अन्तिममा आफूजस्तै भएर बाँचेका, राम्रो काम गरेकाहरुको जीवन सम्झें अनि बाँचेर केही गर्नुपर्छ भन्ने सोच आयो।’ अपांगता भएकाहरुलाई समाजले हेर्ने दृष्किोण र सोचाइका कारण पनि समस्या हुने गरेको उनी बताउँछन्।

‘म नेपाल प्रहरीको जागिरे। महिनामा तलब आउँछ, स्वास्थ्य उपचार राज्यले गरिदिन्छ। मैले नै .. गर्न खोजें भने दूरदराजमा भएका मानिसको के हालत होला,’ उनले भने, ‘सरकारले पनि हामी जस्ताका लागि केही विषेश प्याकेज ल्याउनुपर्छ।’

पहिले कोठाबाट बाहिर निस्कनै लाज मान्ने उनी अपांगता भएकाहरुको ह क, अधिकार र मागहरु लिएर स्थानीय तहदेखि प्रदेश सरकारका मन्त्रालयसम्म धाउने गर्छन्। उनले आफूजस्तै ह्विलचेयरको सहारामा बस्ने साथीलाई समावेश गराएर ‘नेपाल स्पा इ नल क ड इ न्जु री खेलकुद संघ’ समेत गठन गरेका छन्।

ह्विलचेयर बास्केट बल, क्रिकेट, स्विमिङ जस्ता खेल नेपाल भित्र्याउन पनि उनको मुख्य भूमिका छ। खेल खेल्ने क्रममा नै शाहीले धरान, पोखरा, चितवन, जुम्ला, कालिकोट, मुगुमा ह्विलचेयर बास्केट बल प्रतिस्पर्धा समेत गराइसकेका छन्।

ह्विलचेयर टिम लिएर उनी बंगलादेश, डेनमार्क समेत पुगिसकेका छन्। काठमाडौंमा ६ महिनासम्म गाडामा तरकारी समेत बेचेका उनले त्यसपछि काठमाडौंमै १० रोपनी जग्गा भाडा लिएर तरकारी खेती सुरु गरे। ८ वर्षसम्म ह्विलचेयरकै सहाराले गरेको तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि त्यो पैसाले नै सुर्खेतमा घर र घडेरी समेत बनाए शाहीले।

अहिले उनले वीरेन्द्रनगर नगरपालिकामा ‘अपांग कृषि समूह’ दर्ता गरी ४० जना अपांगता भएकाहरूलाई समेटेर विभिन्न कृषि व्यवसायमा लाग्न समेत प्रेरित गरेका छन्। जीवनमा केही गरेर देखाउनुपर्छ भन्ने आँट र मिहिनेत गर्न सके हरेक कुरा गर्न सफल भइने अनुभवले नै आफू यो स्थानसम्म पुगेको उनको भनाइ छ। ‘अपांगता भएकाहरूले पनि केही गर्न सक्छौं भनेर लाग्नुपर्छ, हार खाएर होइन। साहसका साथ अगाडि बढ्दा सफल भइन्छ,’ उनले भने, ‘आफैं कमाउन सक्ने भएपछि न राज्यलाई बोझ हुन्छ, न परिवारलाई।’ – Ukera

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

प्रतिक्रिया दिनुहोस !