मेटमणी चौधरी श्रम मन्त्री बन्दै !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणी चौधरी श्रम, रोजगार तथा सामाजिक मन्त्री बन्ने भएका छन् । सत्तारूढ गठबन्धनले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)लाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेर चौधरी श्रम मन्त्री बनाउने तयारी थालेको हो ।

तर प्रधानन्यायाधीशको कोटाबाट उनलाई मन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भएपछि उनले दुई दिनमै राजीनामा दिएका थिए ।प्रधानमन्त्री देउवासँग सहमति भएपछि आजै (आइतवार) अध्यक्ष नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारे बोल्दै खालि रहेको उद्योग मन्त्रालयमा मन्त्री चाहिए आफूले दिने बताएका थिए ।

मन्त्री बन्न लागेकोबारे चौधरीले आफूलाई केही थाहा नभएको बताए । उनले भने, ‘म गृहजिल्लातिरै छु । मन्त्री बन्नेबारे मलाई केही प्रस्ताव आएको छैन ।’चौधरीले अघिल्लो पटक भएको मन्त्रीपरिषद् विस्तारमा आफूलाई उपेक्षा गरेको भन्दै विरोध गरेका थिए । आफूसँग पैसा नभएकाले मन्त्री बन्न नपाएको बताएपछि अध्यक्ष माधवकुमार नेपालको चौतर्फी आलोचना भएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 103
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    103
    Shares

प्रतिक्रिया दिनुहोस !