CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि राष्ट्रपति बनाउने आश्वासन दिँदै वरिष्ठ उपाध्यक्षमा दाबी छाड्न आग्रह सुवास नेम्वाङसँग गरेका छन्।शनिबार बिहान सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा भएको छलफलका क्रममा ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरे पनि उनले अस्वीकार गरेका हुन्।

ओलीको प्रस्तावपछि नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको प्रस्ताव राम्रै हो। तर जनमतको जिम्मा कसले लिन्छरु’ नेम्वाङले यसअघि नै चुनाव हुने अवस्थामा आफू वरिष्ठ उपाध्यक्षको उम्मेद्वार हुने घोषणा गरेका छन्।

शुक्रबारको केन्द्रीय कमिटीले उपाध्यक्ष एक वरिष्ठसहित सात र उपमहासचिव तीन जना पुर्‍याउँदा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुने देखिएको छैन।

त्यस्तै ओलीले घुमाउरो रुपमा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने प्रस्ताव गरेका छन्। शाक्यलाई ओलीले आफूलाई सहयोग गरिदिन आग्रह गर्दै पार्टीले अवसर पाउँदा उपराष्ट्रपतिमा पठाउने प्रस्ताव गरेका हुन्।

नेता अमृत बोहोरासँगै ओलीलाई भेट्न गएकी शाक्यले ओलीलाई ठोस जवाफ नदिई फर्केको एक नेताले जानकारी दिए। शाक्य उपाध्यक्ष बन्ने तयारीमा छिन्।शुक्रबार सुरु भएको एमालेको दशौँ महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी सुरु भएको छ। वरिष्ठ उपाध्यक्षसँगै अध्यक्षमा पनि प्रतिस्पर्धा हुने सम्भावना बढेको छ।

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने कोसिस भए पनि भीम रावलले उम्मेद्वारी घोषणा गर्दै पछि नहट्ने बताइरहेका छन्। शनिबार बिहान १० बजे नै बन्दसत्र सुरु गर्ने भनिए पनि नेतृत्व चयनका विषयमा लाग्दा ढिलो भएको छ।

बन्दसत्र ढिलो हुँदा रावलले प्रतिनिधिसँग अध्यक्षका लागि भेटेर मत माग्न थालेका छन्। उनले एसएमएसमार्फत शुक्रबार नै भोट माग्न थालिसकेका छन्।त्यस्तै महासचिवमा शंखर पोखरेल र विष्णु पौडलले पनि दाबी जारी राखेका छन्। दिउँसो ३ बजेसम्म सहमति हुन सकेको छैन।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।