काँग्रेस अधिवेशनमा लफडा, पूर्वमन्त्री शमशेरमाथि नै हातपात !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेपाली काँग्रेस ललितपुरको जिल्ला अधिवेशनमा नाराबाजी भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो ।

काँग्रेस नेता एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणामाथि वर्तमान जिल्ला सभापति मदन अमात्य समूहले हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो ।

मतदानका क्रममा प्रचार सामग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले राणामाथि हातपात गरेका हुन् । राणा पक्षका कार्यकर्ताहरूले ‘गुण्डागर्दी बन्द गर’ भन्दै नाराबाजी गरेका हुन् । जावालाखेलको स्टाफ कलेजमा अहिले मतदान जारी छ ।

दोस्रो चरणमा सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् । राणाको समर्थन श्रेष्ठलाई रहेको छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

प्रतिक्रिया दिनुहोस !