एमाले कार्यकर्ताबाटै खतरा भएपछि भीम रावल बसेको होटलमा सुरक्षा व्यवस्था कडा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल बसेको होटलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उनको सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

शनिबार राति उनी बसेको होटलमा हतार-हतार सशस्त्र प्रहरीको टोली खटाइएको हो। उनीमाथि एमाले कार्यकर्ताहरुबाटै सुरक्षाको खतरा देखेर सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने बताइरहेका बेला उनले आफ्नो अडान कायम राखेका छन्। बन्दसत्रको हलले उम्मेदवारहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको थियो।

लगत्तै आफ्ना कुरा राखेका रावलले आफूलाई हलको निर्णय मान्य नभएको बताए। जवाफमा ओलीले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव स्वीकार्य नभए मनोनयन दर्ता गर्न आग्रह गरे। तर, केका लागि लड्ने हो त्यो चाहिँ अलिकति विचार गर्नुपर्ने ओलीले बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 204
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    204
    Shares

प्रतिक्रिया दिनुहोस !