भीम रावलले भर्खरै गरे ड’रलाग्दो निर्णय, एमालेमा खैलाबैला !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलल नयाँ घोषणा गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग झोँक्किदै नयाँ घोषणा गरेका हुन् । १९ मिनेटको अन्तरमा सामाजिक संजालमा दुई वटा ट्वीट गर्दै उनले ओली प्रवृत्तिको आलोचना गरेका हुन्।

१९ मिनेटपछि उनले अर्को ट्वीट गर्दै उनले लेखेका छन्, ‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।’

यसबाटै एमालेको महाधिवेशनले दिने सन्देश के हुन्छ भनेर स्पष्ट बुझ्न सकिन्छ। गत शुक्रबारदेखि चितवनमा भइरहेको महाधिवेश आज सकिनु पर्ने हो। तर के हुन्छ भनी यसै भन्ने अवस्था छैन ।

गोप्य स्थलमा बसेर केन्द्रीय कार्यसमिति चयन गर्नु उपयुक्त नभएको उनको निष्कर्ष छ । उनी अध्यक्षमा उम्मेदवारी दिनका लागि हिजोदेखि नै प्रचारप्रसारमा थिए। तर ओली भने खल्तीबाट नाम तयार गरेर कार्यसमिति तयार गर्न लागिपरेका छन । ओली प्रवृत्तिको खुलेर विरोध गर्ने उनी एक्ला हुन्। केपी ओली प्रवृतिका कारण रावलले पार्टी छोडे एमाले फेरी पनि ध्वस्त हुनेछ।

यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षका उम्मेदवारी दिएका भीम रावललाई नयाँ प्रस्ताव गरेका छन् । केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताको सल्लाह अनुसार ओली रावललाई नयाँ प्रस्ताव गरेका हुन् ।

चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

ओलीले केन्द्रीय समितिको नाम प्रस्ताव गर्न आइतबार विहान १० बने बन्दसत्र राखेका थिए । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उनले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए ।

उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् । उनीहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाएका छन्, जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ ।

रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनीसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।

यो विकल्पअनुसार सहमति खोज्दा पोखरेललाई महासचिव बनाउन विधान संशोधन गर्नुपर्छ । स्रोत भन्छ, ‘अध्यक्षलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्‍यायाउने तयारी छ ।

उहाँलाई सम्झाउने जिम्मा सचिव पृथ्वीसुब्बा गुरुङलाई दिने भनिएको छ ।’ साथै पदाधिकारीमा अरु नेतारुको व्यवस्थापन पनि सहज छैन । एक नेताका अनुसार पदाधिकारीमा सहमति खोज्न अध्यक्ष ओली आफैं छलफलमा जुटेका छन् ।

उनले सचिवमा दाबी गरेका नेताद्वय गोकुल बास्कोटा र महेश बस्नेतसँग छलफल गरिसकेका छन् भने सुवास नेम्वाङ र भीम रावलसँग पनि छलफल गर्ने तयारीमा छन् ।

नेम्वाङ ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश दिएर बन्दसत्र स्थलतिर गइसकेका छन् भने रावल ओली बसेको होटल परिसरमा आएकै छैनन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 706
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    706
    Shares

प्रतिक्रिया दिनुहोस !