ओलीको योजना सबै चकनाचुर, १४ पदाधिकारीमा फेरी निर्वाचन !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

केपी शर्मा ओलीको सर्वसम्मत् नेतृत्व चयनको प्रयास असफल भएपछि चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशमा अध्यक्षसहित १४ पदाधिकारीमा निर्वाचन हुने भएको छ ।

अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीमा असन्तुष्टि जनाउँदै अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेका थिए । सूचीमा नपरेका घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवसहित ओलीले प्रस्ताव गरेका ५ जनाको नाममा थप उम्मेदवारी नपरेकाले निर्विरोध भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसब्बा गुरूङ, विष्णु रिमाल सर्वसम्मत् चुनिएका छन् ।

सचिवमा ओलीले प्रस्ताव गरेका टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नामप्रति असहमति जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि यो पदमा पनि चुनाव हुने भएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 370
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    370
    Shares

प्रतिक्रिया दिनुहोस !