उम्मेदवारीकाे पहिलो सूची सार्वजनिक, अब दाबी विरोधको समय सुरु!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएकाे छ ।

उम्मेदवारी दर्ता सकिएको झन्डै ४ घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

भीम रावलले कति भोट ल्याउलान् ? : अध्यक्ष पदमा केपी ओलीसँग चुनाव लडिरहेका भीम रावलले कति भोट ल्याउलान् भन्ने जोड घटाउ एमालेभित्र र बाहिर सुरु भएको छ ।

रावलले चुनावै जित्न नसके पनि ओलीविरुद्ध उम्मेदवारी दिएर राजनीतिक रूपमा जितिसकेको बताउनेहरू पनि छन् । जहाँसम्म भोटको कुरा हो १० बुँदे पक्षधरहरूले आफ्नो पक्षमा ५ सयको हाराहारीमा भोट रहेको बताउँदै आएको छन् ।

उता उपाध्यक्ष र सचिवमा प्रतिस्पर्धामा उत्रेका पूर्वमाओवादी समूहका नेताहरू आफूहरूसँग १८० मत रहेको बताउँछन् । तर, ओली पक्षको साथ भएकाले चुनाव जितिने उनीहरू बताउँछन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 88
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    88
    Shares

प्रतिक्रिया दिनुहोस !