बल्ल साइजमा आए सुवास नेम्वाङ, ओलीको आदेश मेरा लागी स्विकार्य छ भनेर कान समाते

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा दावी गरेर सहमती हुन नदिने मुख्यपात्र सुवास नेम्वाङ अन्तिममा गलेका छन् ।

एमाले उपमहासचिव बिष्णु पौडेल सँग अघोषित गठबन्धन गरेर अध्यक्ष ओलीलाई अप्ठेरो पार्न रोल खेलेका नेम्वाङ अन्तिममा उपाध्यक्ष स्विाकारेर मलाई अध्यक्षको आदेश स्विकार्य छ, अध्यक्षको आदेश भन्दा तलमाथी गर्दिन भन्ने ठाउँमा आइपुगेका छन् ।

आफुले वरिष्ठ उपाध्यक्षमा कहिल्यै दावी नगरेको बरु आफ्ना कार्यकर्ता र शभुचिन्तकहरुको चाहना बमोजिम मात्रै चुनाव भएमा वरिष्ठ उपाध्यमा उमेदवारी दिन्छु मात्रै भनेको नेम्वाङले बताएका छन् । ओली बाहेक कसैलाई नेता मान्दीन भन्दै हिँडेका उनी अहिले यस्तो भन्ने ठाउँमा आइपुगेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि निवर्तमान महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दाबेदार थिए । ओली पछिको नेता बन्ने होडमा पोखरेल र नेम्वाङको दूरी निकै बढेको थियो ।

पोखरेलले वकिलले पार्टी चलाउँछ र रु भनेर आफ्नो अपमान गरेको भन्दै नेम्वाङले चुनाव लड्न चुनौती मात्र दिएनन्, ओलीलाई तपाईंबाहेक अरुलाई नेता नमान्ने सन्देश पठाएका थिए ।

तर पदाधिकारीमध्ये त्यही वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध भएको छ । ओलीले सोमबार मध्यारातमा बन्दसत्रमा पेश गरेको प्रस्तावअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको मात्र उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेम्वाङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको नेम्वाङले बताएका छन् ।

नेम्वाङले भनेका छन् वरिष्ठमा दाबी गरेको होइन । सबैले उठ भनिरहेका छन्, त्यसैले चुनावमा उठ्नुपर्यो भने वरिष्ठ उपाध्यक्षमा उठ्छु भनेको थिएँ । तर त्यतिबेला नै मैले भनेको थिएँ, यो पार्टीका लागि यतिबेला सर्वसम्मत नेतृत्व चयन अनिवार्य छ ।

केपी ओलीलाई अध्यक्षमा राखेर उहाँको वरिपरि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ । तर त्यसो गर्ने प्रयास गर्दागर्दै पनि निर्वाचन हुने परिस्थिति भयो भने शुभचिन्तकहरूले सल्लाहले म निर्वाचनमा जान्छु भनेको थिएँ ।

सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्यो । र, मलाई पार्टीले आदेश दियो, अध्यक्ष कमरेडले राख्नु भएको प्रस्तावलाई हलले थपडी बजाएर जब पास गर्यो, त्यो प्रो प्रक्रियाबाट मलाई अहिले तपाईं उपाध्यक्षमा लड्नुस् भनियो । मलाई लागेको कुरा अध्यक्षलाई भनेको छु, तर पार्टीको आदेश र महाधिवेशनको म्याण्डेटलाई ध्यानमा राखेर उपाध्यक्षमा उम्मेदवारी दिएको छु ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 628
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    628
    Shares

प्रतिक्रिया दिनुहोस !