माधव नेपालले दिए देउवाको कन्सिरी तात्ने अभिव्यक्ति, देशभरका काग्रेस कार्यकर्ता आक्रोसित

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एमाले विभाजन गराएर नेकपा एस पार्टीका अध्यक्ष बनेका माधव कुमार नेपालले नेपाली काग्रेसका देशभरका नेता कार्यकर्ता आक्रोसित हुने अभिव्यक्ति दिएका छन् ।

काग्रेस सँग गठबन्धन नगरी आगामी चुनावमा अस्तित्वनै रहने की नरहने हो भन्दै अवस्थामा रहेको पार्टीका अध्यक्षले काग्रेसलाई हेपेर बोले पछि काग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा समेत झस्किने अवस्था आएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालले शक्तिका हिसाबले अहिले आफ्नो पार्टी पहिलो शक्ति भएको जिकिर गरेका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले माओवादी केन्द्र दोस्रो र नेपाली काग्रेस तेस्रो शक्ति मात्रै भएको दाबी गरेका छन् ।

अध्यक्ष नेपालले भनेका छन् शक्तीका हिसाबले अहिले हाम्रो पार्टी पहिलो शक्ती छ , त्यस पछि दास्रोमा माओवादी केन्द्र छ काग्रेस तेस्रोमा छ । नेकपा एमाले त कति तल छ तल त्यसको हिसाबै छैन ।

काग्रेसलाई माओवादी केन्द्र भन्दा पनि सानो शक्ति भएको जिकिर उनले गरेका छन् । माधव नेपालको उक्त अभिव्यक्ति पछि नेपाली काग्रसका देशभरका कार्यकर्ताले आपत्ती जनाइरहेका छन् ।

काग्रेसको पुच्छर समातेर हिड्ने अहिले काग्रेसलाई हेप्ने माधव नेपालको कस्तो चरित्र हो ? भन्दै उनीहरु खनिएका छन् । माधव नेपालको यो अभिव्यक्ति उनलाई धेरै महंगो पर्ने विश्लेषण गर्न थालिएको छ ।

प्रचण्ड र माधव नेपालहरुलाई लिएर काग्रेसले चुनावमा गठबन्धन गर्न हुँदैन भनेर देशभरका काग्रेस कार्यकर्ताहरुले जोडदार आवाज उठाइरहेका बेलामा माधव नेपालको यस्तो बोलीले उनलाई निकै अप्ठेरो पर्ने राजनितीक विश्लेषण हुने थालेको छ ।

केहि दिन अघि मात्रै नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी र नेकपा एस सँगको गठबन्धन राष्ट्रीय सभाको निर्वाचन सम्म मात्रै हो त्यस पछि कुनै गठबन्धन नहुने प्रष्ट परिसकेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 142
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    142
    Shares

प्रतिक्रिया दिनुहोस !