सभापतिको दाबेदार मानिएका रामचन्द्र पौडेललाई नमिठो धक्का , संस्थापन पक्षले मनायो खुसियालि

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सर्लाहीबाट प्रतिनिधि छनोट गर्न भएको चुनावमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेता अमरेशकुमार सिंहले नमिठो हारेका छन्।

महाधिवेशन प्रतिनिधि छनोटका लागि मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा मा भएको मतदानमा प्रतिनिधि सभा सदस्यसमेत रहेका सिंह २४८ मतका साथ होरका हुन्।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सिंहको समूह नै हारेको हो। त्यहाँ संस्थापन पक्षले ‘क्लिन स्विप’ गरेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेता सिंह पक्षका नेता र कार्यकर्ता क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा हारेका हुन्।

सर्लाहीमा क्रियाशील सदस्यताको फाराम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो। उक्त विवादले उग्र रुप लिँदा त्यहाँ पटकपटक कार्यकर्ताबीच झडप भएका थिए भने प्रहरीले हवाइफायर नै गर्नुपरेको थियो।

क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिमा अमरेशकुमार सिंह पराजित भएको उनले बताए। यो क्षेत्रमा रामआश्रयप्रसाद साह क्षेत्रीय सभापति भएका छन्, उनी सभापति देउवा पक्षका हुन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 98
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    98
    Shares

प्रतिक्रिया दिनुहोस !