एउटै खबरले देउवाको रातको निद र दिनको भोक हराम , के भयो त्यस्तो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली कांग्रेसको चौधौ महाधिबेशन यहि मंसिर २४ गतेदखि शुरु हुने पक्कापक्की भएको छ । महाअधिबेशन नजिकँदै गर्दा डा शेखर कोइरालाप्रति पार्टीका नेता तथा कार्यकर्ताहरुको समर्थन ह्वात्तै बढेर गएको देखिएको देखिएपछि काँग्रेशमा सभापति शेरबहादुर देउवा सहितका नेतालाई तनाब बढेको छ ।

डा. शेखर कोईरालालाई कमजोर आँकलन गरेर हिजोसम्म संस्थापन ईतर पक्षले जसरी लिईरहेको थियो अहिले त्यो अवस्था ठिक उल्टो साबित हुदै गैरहेको देखिएपछि कांग्रेसको संस्थापन पक्ष अत्तालिएको अवस्थामा पुगेको छ ।

एकातर्फ आफ्नो अस्तित्व जोगाउने र अर्को तर्फ सतप्रतिशत क्रियाशिल सदस्यता थपेर देशैभरी गरिएको एकलौटी प्रतिनिधि छनौटले समेत सजिलै जित हात पार्न कठिन देखिए पछि डा. शेखर कोईरालाको शक्तिलाई अब भने संस्थापन पक्षले पनि दर्बिलो प्रतिस्पर्धिका रुपमा लिन थालेको मात्र छैन बिभिन्न जिल्लामा हठात भएर कहिले सिटौला समूह त कहिले पौडेल समूहसँग सहकार्य गर्नै पर्ने अवस्थामा आईपुगेको छ ।

डा. शेखर कोइरालाको बढदो लोकप्रियताबाट अत्तालिएका कांग्रेसका संस्थापन पक्षहरुले अहिले डा. शेखर कोईराला माथि बिभिन्न प्रकारका आरोपहरु समेत लगाउन थालेका छन् भने डा. शेखर कोइरालाको पक्षमा उभिएका आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु माथि धाँकधम्की र डरत्रासको बातावरण पनि सृजना गर्दै जान थालेका देखिएका छन् ।

यसै क्रममा डा.शेरख माथि लगाईएका केहि मनगढन्ते आरोपहरुका बारेमा यहाँ चर्चा गरिएको छ । पहिलो त डा. शेखरलाई पार्टी सञ्चालनको अनुभवको कमी छ भनेर आरोप लगाउने गएिको छ ।

तर नेपाली कांग्रेसका पार्टी सञ्चालन गर्न अनुभव भएकाहरुबाट बिगत ३० बर्षमा कस्तो पार्टीलाई कस्तो अवस्थामा ल्याईपुर्याए भन्ने बिषयमा भने बहश हुने गरेको पाईदैन ।

डा. शेखर कोईराला भन्नुहुन्छ म पार्टीलाई बिधि र बिधानभन्दा एक ईन्च पनि तलमाथि चल्न दिन्न । योभन्दा बढी पार्टी सञ्चालनको प्रकृया र पार्टी प्रतिको ईमान्दारिता अरु के हुन सक्छ रु

त्यस्तै डा.शेखर कोइरालालाई सभापति बन्नबाट रोक्न चाहानेहरुको अर्को आरोप छ डा. शेखर कोइराला जुनियर नेता हुन उनिभन्दा धेरै सिनियर नेताहरुको अझै पालो आईनसकेको अवस्थामा डा. शेखर कोइरालालेले अझै केहि बर्ष पालो कुर्नु पर्छ भन्ने आरोपले स्वयं बर्तमानका नेतृत्व तहलाई नै गिज्याईरहेको देखिन्छ ।

बिगत ३८ बर्षदेखि निरन्तर कुर्सी ओगटेर बस्नेहरुले यसअघि कसकस्लाई पालो सिस्टममा पद र कुर्सी हस्तान्तरण गरेका छन् रु बि।पि।ले बनाई दिएको पार्टी र उबेलामा कोरिदिएको समाजबाजबादको खेश्रा भजाएर नेपाली कांग्रेसको आदर्श र शिद्धान्तलाई टुकुचामा बगाएर अब पनि पदमा दोहोरिरहने प्रथालाई निर्मूलीकरण गर्न सिंगो देश डा. शेखरले नेपाली कांग्रेसको नेतृत्व गर्नुपर्छ भनेर उठिरहेका बेला अब यस्ता जुनियर र सिनियरका फोश्रा रोकावटले डा. शेखर कोईरालालाई रोक्न सक्दैन भन्ने कुरा स्पष्ट भैसकेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

प्रतिक्रिया दिनुहोस !