१५ वर्ष पार्टी प्रमुख हुँदा पनि नपुगेर माधव नेपालले पार्टी फुटाए : भिम रावल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

अछाम । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले गृह जिल्ला अछाम पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गरेका छन । उनले १५ वर्ष पार्टी प्रमुख भएर पनि नपुगेर माधव नेपालले फेरि खिचडी पकाएको बताए ।

एमालेका पूर्व उपाध्यक्ष समेत रहेका रावलले व्यक्तिगत लोभ र कुण्ठा त्याग्नुपर्ने बताए । उनले माधव नेपालले १५ वर्ष पार्टीको प्रमुख भएर पनि निहुँ खोजेर पार्टी फुटाएकोमा रोष प्रकट गरे ।

त्यस्तै रावलले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबउवा प्रति पनि कटाक्ष गरे । पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवालाइ नपुगेको र कुनै पनि समयमा प्रधानमन्त्री भएर भन्न सक्ने एउटा पनि काम नगरेको बताए ।

रावलले एमालेको चितवन महाधिवेशनमा आफूले एजेण्डामा जितेको बताए । उनले महाधिवेशनमा टीका लगाएर कमिटी घोषणा गर्न खोजिएकोमा आफूले जबजको मूल मर्म अनुसार प्रतिस्पर्धामा गएको बताए ।

उनले आफूले पद नै चाहेको भए अध्यक्ष ओलीले उपाध्यक्ष दिएको लिन सक्ने बताए । उनले आठौँ महाधिवेशनमा केपी शर्मा ओली र आफूसँगै हारेको बताउँदै एक पाटक हारेर केही नहुने बताए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

प्रतिक्रिया दिनुहोस !