त्रिशला गुरुङको आवाजमा भेगन सम्बन्धि बनेको पहिलो मार्मिक गीत “तिम्रो जस्तै” सार्वजनिक

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं– स्वामी सुवास चन्द्र, उपसना नेम्बाङ्ग र प्रेरणा थापाको अभिनय रहेको “तिम्रो जस्तै” गीतको भिडियो सार्वजनिक भएको छ । काठमान्डौको नाच घरमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो।

भेगन गुरुको प्रस्तुति रहेको गीतको भिडियोलाइ कविराज गहतराजले निर्देशन गरेका छन्। बालकृष्ण थारुको कथा रहेको भिडियोलाइ रुपेश थापाले खिचेका हुन भने सम्पादन अर्जुन जीसीले गरेका हुन्।

डा त्रिशला गुरुङको आवाज रहेको गीतमा कृष्ण गुरुङ ‘बोधिस्वत’को शब्द, बि बि अनुरागीको संगीत, श्याम स्वेत रसाइलीको मिक्सिंग र मास्टरिङ्ग रहेको छ।

यस्तै मेकअप सरोज पाण्डे, हेयरमा प्रिया रोक्का र सह-निर्देशकको रुपमा साजन थापा रहेका छन्। उक्त गीतमा कृष्ण गुरुङ ‘बोधिस्वत’को लगानी रहेको छ।

गीतमा आम मानिसहरुलाई हत्या हिंसा गर्नु हुदैन, हरेक जनावरको पनि मानवको जस्तै मन हुन्छ, उनीहरुलाई काट्दा हामीलाई जस्तै दुख्छ भन्ने कुराको संदेश दिन खोजिएको छ। भेगन बन्न उक्त गीतले सबैलाई प्रेरणा दिएको छ।

भेगन सम्बन्धि बनेको यो पहिलो गीत हो जुन गीतले एउटा इतिहास पनि लेख्दै छ। उक्त गीतको भिडियो तल हेर्नुहोला।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार