CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रुपन्देही – नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटी विवादले उग्र रुप लिएको छ । १८ गते नै अधिवेशन सकिएपनि विवादका कारण अहिलेसम्म उपमहानगर कमिटी नेतृत्वविहिन अवस्थामा रहेको छ ।

केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध गरेपछि हात हालाहालको अवस्थामा पुगेको छ ।

प्रदेश प्रतिनिधिको ९ पदमा २३ जनाको उम्मेदारी परेपनि केही नेताहरुले आफू निकटकालाई पठाउन खोजेका कारण ढिलाई भएको छ ।

तीन नेताले भने – ‘भोलि प्रदेशमा पठाउने नाम अहिलेसम्म केही छैन, अधिवेशन सकिएको ६ दिन भइसक्यो, न चुनाव हुन्छ न नेतृत्व छनौट, यस्तो गाइजात्रा छ हजुर हाम्रो पार्टीमा ।’

पार्टीका रुपन्देही संयोजक निर्मलकुमार जीसी र निर्वाचन क्षेत्र संयोजक सन्तोष विश्वकर्माले विधानविपरीत आफ्नो मान्छे ल्याउन खोजेकाले समस्या भएको ती नेताको आरोप छ ।

त्यहाँका नेता कार्यकर्ताले नारायण बन्जाडे, मनोज राना, मन्जु भुसाल, मणि भट्टराईलाई ल्याउन खोजेपनि नेतृत्वको क्षमता नभएकोले आफ्नो एस म्यान ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् ।

उनीहरुलाई बामदेव शर्मा, विनोद पहाडीलगायतका नेताहरुले अगाडि सारेका छन् भने संयोजक जिसी, इन्चार्ज बिश्वकर्मा र बुटवल नगर इन्चार्ज रिज्जु श्रेष्ठले उनीहरुलाई नेतृत्वमा आउन नदिनेमा छन् ।

तीन दिनअघि नेतृत्व छान्न बसेको विषयमा दुवै समूहका नेताहरुबीच हात हालाहालको स्थिति भएको थियो ।

सो क्रममा माओवादी केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रचार विभागका सदस्य विनोद पहाडीमाथि आक्रमण हुन थालेपछि उनले पनि आफ्नो थप शक्ति बोलाएको स्रोतले बतायो । पार्टी कार्यालयमा दुवै समूहबीच पटक(पटक हात हालाहालको अवस्था आएपछि दुवै समूहले आफ्नो समूह बलियो बनाएका छन् ।

माओवादीका पुराना नेता कार्यकर्ताले बुटवलमा स्थायी नेतृत्व नचाहेका कारण पार्टीको संगठन ध्वस्त भएको बताउँदै भूगोलमा काम गर्ने स्थानीय नेतालाई अगाडि सार्न दवाव दिएका छन् ।

‘१८ गते सकिएको अधिवेशनले अहिलेसम्म नेतृत्व छान्न सकेको छैन, यहाँभन्दा सांगठनिक अराजकता के हुन्छ रु चुनाव गर्न पनि नदिने, आफ्नो मान्छे पार्न सहमतिका लागि बस्न पनि नदिने ?’ ती नेताले भने ।

माओवादी रुपन्देही संयोजक निर्मल जिसीले केही आन्तरिक प्रकृयाले बुटवलमा नेतृत्व छान्न ढिलाई भएको स्वीकार गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।