कमल दाजु , ६५ कारोड लिएर संबिधान स्विकार्दाको परिणाम हो की !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कमल दाजु , पाथीभरा माताले पनि हेरिनन्, एउटा खेलाडिको नाताले २०४० सालमा तपाईलाई फुटबलको मैदानमा चिन्दा तपाईको ब्यबहार, बिचार र कार्यशैली नै तपाईको सफलताको सिढीं बनेको भन्ने म मा रहेको विश्वास ३८ बर्ष पछी गर्ल्याम गुर्लुमै ढल्यो ।

नेपालमा खेलकुदको संस्थागत विकाशका प्रणेता स्वर्गिय शरद चन्द्र शाहाको छहारी र विकाश- अनुशासन-गतिशिलताको अनुशासित लक्ष्य बोकेको खेल क्षेत्रमा आफ्नो ब्यक्तित्व विकाश गर्ने अवसर पाउनु भएकोले पनि बढी निष्ठावान र अनुशासित जीवन शैली अपनाउनु भएको होला भन्ने ठानेका म जस्ता धेरैलाई निर्वाचन परिणाम पछीको ब्यबहारले तपाई प्रतिको धारणा परिवर्तन गर्न स्वयं तपाईले नै बाध्य पारिदिनु भो , यस्का लागि तपाईलाई बधाई दिन चाहान्छु ।

राप्रपाको निर्वाचन अघि र परिणाम पछी उल्लेख गर्नु भएको प्रसंग सन्तोष पन्तजीको प्रहशन भन्दा पनि रोचक बन्यो ,
निर्वाचन अघि “ राजाको मलाई साथ छ “ भनेर राजाको सचिब सागर प्रसाद तिमिल्सिनाको नाम भजाएर प्रचार प्रशार गर्ने तर परिणाम ‘हात लाग्यो सुन्ना’ भए पछी “ राजाले मलाई हराए “ भनेर धारे हात लगाउने चरित्रलाई राजनीति शास्त्रका बिध्यार्थीले अध्ययनको

बिषयबस्तु बनाए पनि, नबनाए पनि , दशकौ पहिले आफ्नै पार्टीको सरकार ढाल्न गर्नु भएको योगदान पछी राजनितीमा मुसो प्रबृतिको बिकाश भयो भनेर लोकेन्द्र बहादुर चन्दले सार्वजनिक घोषणा नै गर्नु भएको प्रसंगले राप्रपा फेरी तरंगित भएको छ ।

निर्मल निवासले चुनाब गराउने, जिताउने र हराउने गर्छ भन्ने महा ज्ञान हुदाहुदै अधिवेशन किन गराई रहेको ? “निर्मल निवासको मलाई आशिर्बाद छ ठोको ताली “ भनेको भए तररर… ताली बजी हाल्थियो ! यत्रो रोदन, क्रन्दन किन ?

भोट त निर्मल निवासका ढोके, हुक्के, बैठकेले पक्कै हालेनन् १तपाईकै ४६०० महाअधिवेशन प्रतिनिधीले नै हालेका हुनाले मेरै कार्यकर्ताले मलाई किन हराए ?

स्वनाम मूल्याकंन पनि गर्ने कि ? हिन्दु राष्ट्र र राजसंस्थाको मुध्दा बोक्ने “ शनै शनै घस्कन्ते मन्त्री पदेन कुशलन्त भव “ भन्दै गणतन्त्रमा रमाउने छद्मभेषको पर्दा खुले पछीको भंगेरे चित्तले अग्लिएको उचाई ढलेको मात्रै हो सुध्रिने बाटो टुटी सकेको भने छैन ।

हिन्दु धर्म र राज संस्थाको मुद्धा बोकेकै कारण एक निर्वाचनमा “ एक भोट दाईलाई , एक भोट गाईलाई “ धर्म रक्षा गर्ने जिम्मा स्वरूप जनताले दिएको २५ सिटको सदुपयोग भयो ? भएन ? किन भएन ?

२५ सिट २५ करोडमा लिलाम बढाबड भएको खबरको चर्चा चलेकै हो ? संबिधान सभाबाट संबिधान अनुमोदन हुन नदिन मधेशबादीदलले बहिस्कार गर्दा राप्रपाका २५ सै जनाले लुरूलुरू संबिधानमा ल्याप्चे त त्यसै लगाएका थिएनन् ! त्यहा पनि ६५ करोडको गिन्ती गराउदै राष्ट्र संघको जेनेभा कार्यालयमा विश्वकै उत्कृष्ट संबिधानको प्रशस्ति गाउन पुग्दाको परिणति पनि हो कि यो चुनाबी परिणाम !

हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेर राष्ट्रपतिको प्रस्तावकरसमर्थक बन्दै बेग्लै बिचारधाराका ३ प्रधानमन्त्रीको कार्यकालमा उप प्रम बन्दै जाने कार्यशैलीले गर्दा २०७४ सालको निर्वाचनमा जनताले २५ बाट १ मा झारे । त्यति बेलानै जनताले चुनाब त हराएकै हुन् नि, त्यो बेला राजाले चुनाब हराए भन्ने ज्ञान किन आएन ? २५ सिटको उन्माद पछी कार्य समितीको बैठकमै-

“ राजा राजा भन्दै हिड्ने हामी भजन मण्डली हौ र ? “ “हामीले राजसंस्था भनेका हौ पूर्व राजा भनेका हैनौ “
“ राजाले राप्रपा फुटाउने खेलमा लागे यस्को मूल्य महंगो पर्न सक्छ”

भन्ने जस्ता सानो चित्त र तुच्छ बिचार आफ्नै अजेण्डा माथी ब्यक्त गर्दै हिड्नु नैतिकताको पराकाष्ट भन्दै धेरैले राप्रपा परित्याग गरेको बिर्सनु भएको पक्कै छैन होला ?

आफु बाहेक अरूलाई सुन्दर नदेख्ने आनीबानीले स्वयं अलोकपृय दल दलमा भासिने क्रममा राजनितीका अग्रजहरूलाई “अल्छी बुढो घोडा”

र युवालाई “आला काँचाहरू -टुंडीखेलमा दौड” जस्ता अभिब्यक्तिले तपाईलाई “म सुन्यमा सुन्यसरी हराए “ नबनाउला भन्न सकिन्न इमान र निष्ठाको राजनिती गरेको भए पाथीभरा माताको शरणमा जब्बरजस्ति अरूलाई उभ्याएर कसम खुवाउने दुष्चरित्र पनि देखा पर्दैन थियो कि ? तर के गर्नु पाथीभरामाताले पनि पूर्वेली लिम्बुको सत्य र निष्ठाको परख गरिन ! किन निर्मल निवास तिर मात्रै धारे हात लगाउनु हुन्छ, उनै पाथीभरा मातालाई पनि धारे हात लगाउने कि ? रमा सिंहको फेसबुकबाट

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

प्रतिक्रिया दिनुहोस !