एक करोड ६४ लाख भ्रष्टाचार गरेर श्रीमतीको नाममा घरजग्गा राख्ने व्यक्ति को हुन् ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयबाट अवकाशप्राप्त अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

करिब २५ वर्ष सरकारी पदमा रहँदा डेढ करोडभन्दा बढी रकम अवैध रूपमा आर्जन गरेको अभियोग लगाउँदै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत थपलियाको छानबिन गरेको थियो । अनुसन्धानबाट थपलियाले एक करोड ६४ लाख ८९ हजार ७०० रूपैयाँ अवैध रूपमा कमाएको देखिएको बताए ।

आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले कमाएको दुई करोड ६७ लाख ७१ हजार ९५८ रूपैयाँमध्ये एक करोड दुई लाख ८२ हजार २५८ रूपैयाँको मात्र स्रोत खुलेको अख्तियारको दाबी छ ।

सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यमार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 81
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares

प्रतिक्रिया दिनुहोस !