पौडेल पक्षले यस्तो सुर गरेपछि प्रकाशमानले नराम्रो धक्का खाने संकेत , देउवालाई सहज

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापतिको एकल उम्मेदवार चयन गर्न सकेको छैन केही दिनयताको एकल उम्मेदवार खोज्न भइरहेको प्रयासमा पौडेल र शशांकले दाबी छाडे पनि उनीहरुले एकल उम्मेदवार तय हुनुपर्ने बताउँदै आएका थिए।

त्यसैले शेखरलाई आधिकारिक उम्मेदवार बनाउने प्रयास पनि गरिएको थियो। तर अर्का दाबेदार सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका थिए।

सिंहले बरु प्रतिस्पर्धामै जाऔं भनेर अडान राखेपछि पौडेल पक्षका अन्य नेताहरुले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्न लागेका छन्।

‘प्रकाशमानले दाबी नछाडेपछि हामीले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्न खोजेका छौं,’ यो समूहको उम्मेदवार व्यवस्थापनमा खटिएका एक नेताले भने, ‘महाधिवेशन उद्घाटनअघि नै त्यसको टुंगो लाग्छ होला।’

पाडैल पक्षमै गुट भएर लडे पराजित हुने पक्का जस्तै हुन्छ जसले देउवालाई फाईदा हुन्छ । सो पक्षको बैठक अनुपम फुडल्यान्डमा जारी छ। बैठकमा सभापतिका आकांक्षी भने आएका छैनन्। शुक्रबार १ बजे भृकुटीमण्डपमा चौधौं महाधिवेशनको उद्घाटन हुँदैछ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares

प्रतिक्रिया दिनुहोस !