पार्टी भनेका एमाले र कांग्रेस हुन्, अरु सबै पानीका फोकाः केपी ओली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र काँग्रेस मात्र भएको बताएका छन् ।

ओलीले नेपालमा पार्टी भनेका नेकपा एमाले र नेपाली कांग्रेस भएको भन्दै अरु सबै पार्टी पानीको फोकाजस्तो भएको टिप्पणी गरेका हुन्।

शुक्रबार नेकपा एमाले बागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन् । फेरि बन्छन् फेरि बिलाउँछन्।’

उनले अरु पार्टीलाई पानीका फोकाको संज्ञा समेत दिए । ‘पानीका फोकाजस्तो उठिरहन्छन्, फुटिरहन्छन्’, उनले नेकपा एमाले देशको प्रमुख पार्टी भएको भन्दै यसको काँधमा प्रमुख अभिभारा रहेको दावी गरे ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

प्रतिक्रिया दिनुहोस !