प्रचण्डले औंला देखाउँदै ओलीलाई के भने ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं– नेपाली कांग्रेसको १०औं महाधिवेशन काठमाडौँमा जारी छ । पहिलो दिनको उद्घाटन सत्रमा विभिन्न दलका शिर्ष नेताहरु एउटै मन्चमा देखिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली १ बर्षपछि एउटै मन्चमा देखिए ।

त्यस्तै एमाले फुटाएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि ५ महिना पछि ओलीसँग एउटै मन्चमा देखिए ।

संसद विघटन र नेकपा विभाजनपछि नेकपा एमालेका अध्यक्ष ओलीसँग माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालको सम्बन्ध हार्दिकतापूर्ण छैन ।

उनीहरुले संसद विघटनयता मञ्च सेयर गरेका थिएनन् । तर शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा भने उनीहरु एउटै मञ्चमा बसे ।

तर ओली र माधव नेपालबीचको तिक्तता मञ्चमा पनि देखियो भने ओली र प्रचण्डले आपसमा संवाद र हाँसो ठट्टा गरे ।

प्रचण्डले मन्तव्य राखेर फर्किँदै गर्दा ओलीले ताली बजाए, त्यस क्रममा उनीहरुबीच हाँसो ठट्टा भएको थियो । मञ्चमा बसिसकेपछि पनि उनीहरुले संवाद गरेका थिए ।प्रचण्डले अब हाम्रो भेट संसदमा हुने छ भनेका थिए ।

ओलीको ठिक पछि बसेका एक नेताका अनुसार संवादमा कायम गतिरोध अन्त्य गर्नका लागि प्रचण्डले ओलीलाई आग्रह गरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 218
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    218
    Shares

प्रतिक्रिया दिनुहोस !