प्रचण्डलाई ताकेर बोल्दै गर्दा कसले काटिदियो ओलीको माइक ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको काठमाडौँमा १४ औँ महाधिवेशन सुरु भएको छ । सो महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा माइक काटिएको छ ।

सम्बोधनका क्रममा माइक काटिए पछि ओलीले केहि बेर प्रतिक्षा गरेका थिए । प्रतिक्षा गर्दा पनि माइक नबने पछि उनी अब म शेरबहादुर जीलाई छोडिदिन्छु भन्दै आफ्नो आसनमा गएका थिए । ओली आसनमा पुगे पछि फेरी सम्बोधनका लागि कार्यक्रम संचालक विश्वप्रकाश शर्माले अनुरोध गरेका थिए ।

उनले माइकको आवाज आएपछि केही बेर कुरा राखेपछि आफूलाई बोलाएको भन्दै कांग्रेस सभापति देउवालाई धन्यवाद दिए । एमाले अध्यक्ष ओलीले काग्रेसलाई आफ्नो नीतिमा हिड्न सक्ने उर्जा मिलोस् भनेर शुभकामना दिएका छन् ।

आज आफूले कसैसँग वाद प्रतिवाद नगर्ने भनेर कुराकानी सुरु गरे पनि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइमा केहि डोज भने दिएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले सबै नेताहरुलाई चोर भन्छन् भन्ने अभिव्यक्ति दिए पछि ओलीले गाइको बाच्छो सँग तुलना गर्दै ओलीले विस्तारै परिपक्क बन्ने विश्वास व्यक्त गरे । विगत पनि काग्रेस र एमालेको भएको भन्दै ओलीले भविश्य पनि काग्रेस र एमालेकै भएको दावी गरे ।

प्रचण्ड प्रति इंकित गर्दै ओलीले केहि पार्टीहरुलाई काग्रेसको औला नसमाते चुनाव जितिँदैन भन्ने ठूलो डर रहेको भन्दै काग्रेस अब आफ्नो नीतिको नेता बन्नुपर्ने सम्झाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सपनाको मात्रै प्रधानमन्त्री भएको संकेत गर्दै ओलीले देउवालाई सरकारको नेता बन्न आग्रह गरेका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 536
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    536
    Shares

प्रतिक्रिया दिनुहोस !