“हिमानी” निर्देशन गर्दै माधव वाग्ले

निर्माता माधव वाग्लेले चलचित्र ‘हिमानी’ निर्देशन गर्ने भएका छन् l चैत्र बाट छायांकनमा जाने तयारी गर्दै उनले विकास बोर्डमा चलचित्र दर्ता पनि गरी सकेका छन् l चलचित्रको घोषणा गरिएता पनि कलाकारहरू भने फाइनल नभएको  बताएका छन् l  केही दिनमै चलचित्रका लागि कलाकार अडिसनबाट छनोट गर्ने तयारी गरेका छन् । “लूट” चलचित्र बाट निर्माताको रूपमा चिनिएका माधव वाग्ले केही समय अघि भुवन केसी सँग सहकार्य गर्दै ‘पानस’ बनाउने तयारीमा थिए l तर उनले उक्त चलचित्र बाट टाढिएर “हिमानी” तर्फ केन्द्रित भएका हुन l महिलालाई केन्द्रित गरेर बनाउन लागिएको सो चलचित्रमा प्रेम, रोमान्स र सस्पेन्स समावेश हुने निर्माता वाग्लेले जनाएका छन् l

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !