एमाले दोलखा अध्यक्ष पोखरेलले दिए राजीनामा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । केन्द्रीय कमिटी सदस्य मनोनयन र जिल्लाबाट आफूभन्दा कनिष्ठलाई अघि बढाइएकोमा असन्तुष्ट भएका नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेलले नैतिकताको आधारमा एमाले दोलखाको अध्यक्षबाट राजीनामा दिएको सामाजिक सन्जालबाट घोषणा गरेका छन् । आफूले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको पोखरेलले बताएका छन् ।

एमाले दोलखाका दुई नेता आनन्द पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बनेका छन् भने सरस्वती बस्नेत र रचना खड्का केन्द्रीय सदस्य छन् । बस्नेतलाई दोलखा जिल्ला इन्चार्जको जिम्मा दिइएको छ ।

यो पनि –  नेकपा (एमाले) का नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने बताएका छन्। आइतवार गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले भने, ‘अब हामीले पार्टीसंगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’ यस्तै अर्को सन्दर्भमा बोल्दै नेता रावलले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउदै आएको र त्यो आवाज निरन्तर रहने बताए।

महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दावी गरे। यस्तै उनले आफूले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाँका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए।

तर, शिर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उनले बताए। रावलले आगामी दिनहरुमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गरे।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 237
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    237
    Shares

प्रतिक्रिया दिनुहोस !