दुखमा काँध हालेकाहरुलाईनै छानीछानी लात हान्दै केपी ओली, ‘बा’ भनेर झुम्मीनेहरुकै रुवाबासी !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

भर्खरै मात्रै दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेर फर्र्किएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा फेरी नयाँ विद्रोहको जन्म हुने सम्भावना देखिएको छ ।

महाधिवेशनबाट सर्वशक्तिमान अध्यक्ष निर्वाचित भएर फर्किए पछि अध्यक्ष केपी ओलीले एकलौटी निर्णय गर्दै दुखमा साथ दिएकाहरुलाई पनि धमाधम लात हान्न थाले पछि ठुलो असन्तुष्टि देखिन थालेको छ ।

ओलीको अधिनायवादी र हुकुमी चरित्र महाधिवेशन पछि थप बढेर गएको बताइएको छ । पटक पटक संसद विघठन गरेर प्रतिगमन लाग्न खोजेका ओलीले त्यस बेला दुखमा साथ दिएर काँध हालेकाहरुलाई धमाधम लात हान्न थालेका छन् ।

संसद विघठन गैर संवैधानिक भए पनी ओलीका लागी बदनामी सहेर भए पनि साथ दिएकाहरुलाई अहिले ओलीले छानीछानी ठेगान लगाउँन खोजेको चर्चा एमालेमा चल्न थालेको छ ।

बा भनेर झुम्निेहरुलेनै किक खान थाले पछि ओलीलाई कुन शक्तीले चलाएको छ र उनी के गर्दा खुशि हुन्छन् भन्ने नै रहस्यमय बन्दै गएको चर्चा एमालेमा चल्न थालेको छ । य

सै पनि एकलौटी र मनपरी गर्दै आएका ओलीले महाधिवेशनको म्याण्डेट पछि थप अराजकता पार्टीमा लाद्न खोजको आरोप लागेको छ । चाप्लुसी र जी हजुरी गर्ने जथ्था मात्रै लिएर ओली हिड्न खोजे पछि एमालेमा भाँडभैलो मच्चीएको छ ।

पहिले माधव नेपालसँग भएर एमालेमै बसेकाहरु मात्रै होइन ओली सँग रहेका र दुखमा साथ दिएकाहरुलाई नै अहिले उनले निसाना बनाउँन थालेका छन् । एमाले केन्द्रिय कमिटीको दोस्रो बैठक पछि असन्तुष्टि थप चुलिएको छ ।

केन्द्रिय कमिटीमा मनोनित गर्दा ओलीले मनलाग्दी गरेको मात्रै नभइ इन्चार्ज , विभाग लगायतको जिम्मेवारी तोक्दा जुनियर र चाप्लुसीमा बढि योग्यता राख्नेहरुलाई मात्रै काखी च्यापे पछि योग्यता र क्षमताले पार्टीमा हैसियत बनाएका र बनाउँन खोज्नेहरु ओली सँग टाढिँदै गएका छन् ।

ओलीले संसद विघठन गर्दा प्रतिगमन भनेर विरोधीले देशभर आन्दोलन उग्र बनाएका बेला प्रतिगमन होइन यो अग्रगमन हो भनेर देशभर काउण्टर आन्दोलको नेतृत्व गर्ने महेश बस्नेत समेत अहिले ओली सँग रिसाएका छन् ।

सामाजिक संजाल मार्फत उनले खुलेरै ओलीको ओलोचना गरेका छन् । सचिव पदमा उमेदवारी घोषणा गरेका बस्नेतलाई ओलीले केन्द्रिय सदस्यमा मात्रै बनाएर पुरानै जिम्मेवारीमा थन्काएका छन् ।

यता संकटको बेलामा एमाले वाग्मती प्रदेशको कुशल नेतृत्व दिएर चर्चामा आएका तत्कालिन बाग्मती प्रदेश कमिटिका अध्यक्ष आनन्द पोखरेल पनि ओली सँग फायर बनेका छन् ।

पोखरेललाई पोलिटव्युरो सदस्य त बनाइएको छ तर कुनै परिभाषित अन्य जिम्मेवारी दिइएको छैन । वाग्मती प्रदेशको अध्यक्ष पद पनि उनीबाट खोसिएको छ ।

पोखरेलले सामाजिक संजालमा स्टाटसनै लेखेर निममा जती दुध चिनी ध्यु हालेर पकाए पनि तितै हुने र दुष्ट मान्छेलाई जती गुन गरे पछि दुष्टनै हुने भनेका छन् ।

कुनै समयका ओलीका विश्वासपात्र भनेर चिनिएका सुवास नेम्वाङ देखी बिष्णु पौडल सम्म पनि अहिले ओली सँग खुशी छैनन् । पानी टयाक्की काण्ड देखी अनेकौँ भ्रष्टाचारको काण्डमा मुछिएको इश्वर पोखरेलको बदानमा ग्याङले मात्रै अहिले ओलीको जयजयकार गरिरहेको एक नेताले नाम उल्लेख नगर्ने सर्तमा दुखेसो व्यक्त गरे ।

विधी, पद्धती र सामान्य मूल्य मान्तयतालाई समेत तिलान्जती दिएर ओलीले हुकुमी शैलीको शासन पार्टीमा लाद्न खोजे पछि नयाँ विद्रोहको बिजारोपण भएको बताइएको छ ।

आफुलाई संकटमा साथ दिएकाहरुलाई नै ओलीले धमाधम लात मार्न थाले पछि नयाँ विद्रोह एमोले भित्र जन्मन सक्ने र त्यसले ओलीको स्वेछाचारितालाई बढार्ने चर्चा चल्न थालेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares

प्रतिक्रिया दिनुहोस !