भोलि नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्ने भएका छन् । उनले भोलि मंगलबार एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् ।

पार्टीको नाम ‘जनता प्रगतिशील’ पार्टी रहने र झण्डा, लोगो तथा दस्तावेज सबै तयार भइसकेको उनले जानकारी दिए । नेता त्रिपाठीले २०७४ सालको चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा जित हासिल गरेका थिए ।

त्यस्तै उनले नेकपा एमालेसँग मिलेर सूर्य चिह्नबाट चुनाव लडेका थिए । केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका उनी दलवीहिन जस्तै थिए ।

कुनै समय उनी राष्ट्रिय जनता पार्टी राजपा मा थिए । मंगलबार एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्न लागेका हुन्। पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने बताइएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

प्रतिक्रिया दिनुहोस !