मुम्बईमा विवाह गर्दै रणवीर र आलिया, विवाहपछिको लागि नयाँ घर समेत बनाउदै रणवीर..

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मुम्बई(बलिउड लाइफ) अभिनेत्री कटरीना कैफ र अभिनेता विकी कौशल तथा अभिनेत्री अंकिता लोखण्डे र उनकी प्रेमी विकी जैनको विवाह पछि फिल्मकर्मी तथा फ्यानहरु रणवीर कपूर र आलिया भट्टको विवाहको प्रतिक्षामा छन् ।

उनीहरुको विवाहका बारेमा एक वर्षयता चर्चा चले पनि दुवैले आधिकारिक रुपमा केही घोषणा गरेका छैनन् । धेरैले उनीहरुले मुम्बई बाहिर गएर विवाह गर्ने अनुमान लगाए पनि त्यो अनुमान गलत साबित भएको छ ।

समाचारअनुसार उनीहरु नयाँ वर्षको सुरुवातमै सात फेरा लगाउदैछन् । उनीहरुले मुम्बईमा नै विवाह गर्ने योजना बनाएका छन् । दुवै कलाकारले परिवारसँगको सल्लाह अनुसार यो निर्णय लिएका हुन् ।

‘आलिया भट्ट र रणवीर कपूर डेस्टिनेसन वेडिङ गर्ने छैनन् । उनीहरुले मुम्बईमा नै विवाह गर्नेछन् । त्यो विवाह उनीहरुको परिवारको उपस्थितिमा हुनेछ ।

उनीहरुले ठूलो बजेटमा विवाह गर्ने मन बनाएका छैनन्’, उनीहरु निकट स्रोतले भनेको छ । आलियाका पिता महेश भट्ट यात्रा गर्ने मनस्थितिमा छैनन् । रणवीरका काका रणधीर कपूरको स्वास्थ्य अवस्था ठिक छैन ।

त्यहीकारण उनीहरुले मुम्बईमा नै विवाह गर्ने निर्णय लिएका छन् । उनीहरुले ताज लेण्ड एण्डमा विवाह गर्नेछन् । जसका लागि सबै कुरा फाइनल गरिसकेका छन् । रणवीर हाल नयाँ घर बनाइरहेका छन्, जहाँ विवाहपछि आलियासँग बस्नेछन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

प्रतिक्रिया दिनुहोस !