आकस्मिक पत्रकार सम्मेलन गर्दै शेखर कोइराला , यस्तो छ कारण!

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली कांग्रेसका सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले अहिले आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका छन् ।

पार्टीको जारी महाधिवेशनमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत भोट नल्याएपछि अहिले केहीवेरमा सभापति पदमा पुन मतदान हुँदै छ ।

सभापति पदका उम्मेदवार प्रकाशमान सिंह र बिमलेन्द्र निधिले शेरबहादुर देउवालाई समर्थन गरेपछि डा कोइराला अल्पमतमा पर्ने निश्चित भएको छ ।

कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए । ‘अहिले हामी सबै साथीभाइ सँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ ।

त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले न्युज कारखानासँग भने । उनले सभापतिको निर्वाचनमा २२ मत प्राप्त गरेका थिए । देउवालाई सभापतिमा जित्न मात्र ८३ मत आवश्यक छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 70
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    70
    Shares

प्रतिक्रिया दिनुहोस !