दोस्रो चरणको मतदान सुरू,पहिलो चरणमा हारेका तिन उम्मेद्वारले देउवालाई समर्थन गर्ने…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

भृकुटीमण्डपस्थित मतदानस्थलमा अपरान्ह पौने चार बजेबाट नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । कांग्रेसकी बयोवृद्धा प्रतिनिधि शान्ति कार्कीले पहिलो भोट खसाएकी थिइन् ।

प्रधानमन्त्री तथा सभापतिका प्रत्याशी शेरबहादुर देउवाले पनि भोट खसाइसकेका छन् । अर्का प्रत्यासी शेखर कोइराला पनि मतदानका लागि आइसकेका छन् ।

देशभरका कांग्रेस प्रतिनिधिहरू सभापति चुन्नका लागि मतदानस्थलमा लाइन लागेका छन् । हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो ।

यस मतदानमा शेरबहादुर देउवा र शेखर कोइरालाले प्रतिस्पर्धा गर्दैछन् । पहिलो चरणमा पराजित तीन उम्मेदवारले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

प्रतिक्रिया दिनुहोस !