सदन चल्न नदिने गरी रणनीति बनाउँदै एमाले

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

उनका अनुसार बैठकमा मंगलबारबाट सुरु हुन लागेको संसदको १०औँ अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ।

पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरुले संसद बैठकमा अवरोध सृजना गर्ने गरी रणनीति बनाउने देखिन्छ।

संसदको नवौँ अधिवेशन पनि एमाले सांसदको विरोध र नाराबाजीमै सकिएको थियो। सरकारको सिफारिसमा यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी थिइन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

प्रतिक्रिया दिनुहोस !