एमसीसी विरुद्धको प्रदर्शनमा पूर्वमन्त्री सहित दर्जनौं घा’इ’ते

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । एमसीसीविरुद्ध संसद घेराउ कार्यक्रममा प्रहरीले लाठीचार्ज गर्दा दर्जनौँ घा”इते भएका छन्।

बबरमहलबाट बानेश्वर प्रवेश गरेको जुलुसलाई प्रहरीले ला”ठीचार्ज गर्दा पूर्वमन्त्री एवं विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’सहित दर्जनौँ घा’इते भएका छन् ।

प्रहरीले ला’ठी हानेपछि प्रतिरोध गर्दा केही प्रहरीहरु पनि घा’इते भएको बताइएको छ। एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका विप्लव नेकपा सहित आठ राजनीतिक पार्टी र मोर्चाले प्रहरीको दमन र हस्तक्षेपका बाबजुद आज बानेश्वरस्थित संसदभवन घेराउ कार्यक्रम जारी राखेका छन्।

यो पनि – नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकमा पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसद अवरोध जारी राख्न निर्देशन दिएका थिए ।

एमालेले कारबाही गरेका १४ जना सांसदलाई निष्काशन नगरेसम्म संसद अवरोध जारी रहने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘सभामुखले माओवादी केन्द्रको एजेण्डा बोकेर एमालेले कारबाही गरेका व्यक्तिको पक्षमा पृष्ठपोषण गर्ने काम गरेका छन्’, भट्टराईले भने, ‘अवैध सांसद प्रतिनिधिसभामा कायम रहेसम्म एमालेले संसद अवरोध जारी राख्छ ।’

प्रतिनिधिसभाको हिउँदे अधिवेशन दिउँसो बस्दैछ । एमालेले साउनको अन्तिम साता माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गरेको सूचना संसद सचिववालयमा दर्ता गरेको थियो ।

समाभुख अग्निप्रसाद सापकोटाले कारवाही प्रक्रिया नमिलेको भन्दै १५ दिनपछि जवाफ पठाएको थियो । त्यसयता संसद बैठक एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 73
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    73
    Shares

प्रतिक्रिया दिनुहोस !