दिपाले दिइन् मायामा भएको संकेत

निर्देशक तथा कलाकार दिपाश्री निरौला यतिबेला ‘छ माया छप्पकै’को छायांकनमा व्यस्त छिन् । उनी बेला बेलामा सुटिङ सेटबाट तस्बिर सार्वजनिक गरिरहेकी हुन्छिन् । उनले हालै इन्स्टाग्राममा छ माया छप्पकै भन्दै दुलहीको भेषमा तस्बिर सार्वजनिक गरेकी छिन् ।

यो तस्बिर पुरानै हो तर उनले छ माया छप्पकै भन्दै फोटो हाल्दा धेरैको ध्यान खिचेको छ । दर्शकले उनको विवाह हेर्ने इच्छा समेत व्यक्त गरेका छन् । गत वर्ष धेरै सेलिब्रेटी बैवाहिक बन्धनमा बाधिएका थिए । यो वर्ष पनि प्रियंका कार्की र आयुष्मान देशराज जोशी विवाह गर्दैछन् । उनले पनि यहि लहरमा विवाह गर्ने इच्छा व्यक्त गरेकी छिन् । दिपाले मायामा भएको संकेत दिएकी छिन् । तर उनी कसको मायामा छिन् ?

यो फिल्ममा दिपक राज गिरी र केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ । करिब २० वर्ष उमेर अन्तरालको प्रेम कथामा दिपक र केकी जोडीको रुपमा प्रस्तुत हुनेछन् । दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म आगामी दशैंमा प्रर्दशन हुनेछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !