ओलीले दिए सभामुखलाई चेतावनी !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन्। मंगलबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन्।

उनले संसदमा आफ्नो पार्टीका सांसदले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुनेसमेत बताए।

अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए।

‘फेयर गराउन हामी बाध्य गराउँछौं। संसद पनि फेयरल्ली चलाउनुपर्छ। त्यसैले नियमावली आकर्षित हुन्छ वाहरु संसदीय भाषा, नियमावली आकर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छरु त्यसो भएर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ’, अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदबाट निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 52
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    52
    Shares

प्रतिक्रिया दिनुहोस !