चन्द्र भण्डारी :कांग्रेसकासाथीहरु बोली नबुझे पनि उतैतिर लाग्छन्, मैले के गरुँ ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मतदतारुलाई धन्यवाद दिने कार्यक्रममा पार्टीमा बोली नबुझाउनेहरुलाई नै कांग्रेस कार्यताहरुले रोजेको बताएका छन्।

उनले चुनावमा पद पाउन शक्ति रोजिएको समेत बताए। ‘पद र शक्तिले पद प्राप्त गर्ने रंगमञ्चमा धेरै असर गर्ने रहेछ,’ उनले भने, ‘हाम्रो अठोट रोकिदैन । हाम्रा पैतला रोकिदैनन । हाम्रा दृष्टिकोणहरु बदलिदैनन् ।’

भण्डारीले चुनावमा सत्ता र सरकारको दुरुपयोग समेत भएको आरोप लगाए। उनले भने, ‘सरकारको दुरुपयोग हुँदैन्थ्यो, मनि र मसलको प्रयोग हुँदैन्थ्यो भने आज हामीले जिति सकेका हुने छौं ।’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाईज्ञापन गरेका छन् । आफ्नोसमेत समर्थनमा देउवा निर्वाचित भएपछि सिंहले फेसबुकमार्फत बधाई दिएका हुन् ।

सिंहले राखेको बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ । संस्थापनइतर नेता सिंहले देउवालाई समर्थन गर्ने क्रममा अवाञ्छित लेनदेन गरेको भन्दै आलोचना भएको थियो । सम्भवतस् नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्ने डरले उनले कमेन्ट अफ गरेका हुन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 175
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    175
    Shares

प्रतिक्रिया दिनुहोस !