बुद्ध एयरको जहाज उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ ।

काठमाडौ जान लागेको युफोर ३६० नाइनएनएइई जहाज १० मिनेटमै अवतरण गराइएको हो । उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो ।

जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । भरतपुर विमानस्थलका सूचना अधिकारी विकले जहाजमा धुँवा आउनुको कारण पहिचान भैसनसकेको बताए ।

उनले कुनै मानवीय क्षति नभएको र जहाजमा ठूलो खराबी नआएको दावी गरे । बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए ।  कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

यतिबेला जहाजलाई धावनमार्गमा परिक्षण तथा आगो निभाउने काम भैरहेको छ । जहाजमा खराबी आएपछि यतिबेला अन्य उडान प्रभावित भएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

प्रतिक्रिया दिनुहोस !