रोचक खुलासा, श्रीमती सँग पनि माइन्युटनै गरेर मिटिङ गर्छन् विश्वप्रकाश शर्मा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट महामन्त्री पदमा निर्वाचित भएका विश्वप्रकाश शर्मा नेपाली काग्रेस भित्र कति लोकप्रिय रहेछन् भन्ने कुरा उनले प्राप्त गरेको मत बाट बुझ्न सकिन्छ ।

गगन थापाले महामन्त्रीमा जित्नु र विश्वप्रकाशले महामन्त्री जित्नुमा आकाश पातालको फरक छ भन्ने काग्रेसीजनहरु प्रशस्तै छन् । थापाले बलियो टिम बाट टिकट पाएका थिए प्यानलको भोटमा आफ्नो लोकप्रिय मत मिसाउँदा उनको जित स्वाभाविक थियो तर विश्वप्रकाशले गुटको दायरा भत्काएर प्रतिनिधीको मन जितेर मत पाएका थिए ।

प्रकाशमान सिंह प्यानल बाट महामन्त्रीका उमेदवार बनेका शर्माले आफ्नो प्यानलको सभापतीको उमेदवारले ३०० मत कटाउँन हम्मे परेका बेला झण्डै २००० मत ल्याएर महामन्त्रीमा बाजी मारेका छन् ।

व्यक्तिको व्यक्तित्वका अगाडी गुटको पर्खाल सजिलै भत्किन सक्ने रहेछ भन्ने कुराको प्रमाण उनी बनेका छन् । शर्मालाई नेपाली काग्रेस भित्र सानो विपीको नामले पनि चिनिन्छ । विशेश्वर प्रसाद कोइराला र विश्वप्रकाश शर्माको सटकट नाम विपी हुन्छ ।

त्यत्ति मात्रै होइन उनको आनीबानी र आचरण पनि विपी कोइराला सँग मिल्ने खालको छ । सादा जीवन र उच्च विचार राख्ने शर्मा आफ्नो राजनितीक जीवनको आर्दश पनि विपी कोइरालालाई नै मान्छन् ।

विपी कोइरालालाई जेलमा राखिएको ठाउँ सुन्दरीजलमा गएर काग्रेस महामन्त्रीको उमेदवारी घोषणा गरेका शर्माले महामन्त्रीमा बिजयी भए पछि सुन्दरीजलमै पुगेर विपीको आदर्श अनुरुप काम गरेर काग्रेसको मात्रै होइन देशकै मुहार फेर्ने कसम खाएका छन् ।

मिठो आवाजमा बोलेर प्रभावित पार्न सक्ने बेजोडको खुबि उनी सँग रहेको  छ । काग्रेस पार्टी भित्र लोकप्रियताको पकड जमाउँन सफल शर्माको पारिवारिक जीवन पनि निकै रोचक र चाखलाग्दो रहेको पाइएको छ ।

व्यक्तिगत जीवन सुन्दर र सुखि हुन सक्यो भने त्यसले सामाजिक जीवनलाई पनी फरक पार्दछ भनिन्छ शर्माको परिवारले झट्ट सुन्दा अनौठो लाग्ने अभ्यास गरिरहेको छ ।

विश्वप्रकाश शर्माको परिवारमा माइन्युटनै गरेर मिटिङ बस्ने गरेको खुलासा भएको छ । काग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी श्रीमती कविता शर्माले यस्तो रोचक खुलासा गरेकी हुन् ।

उनका अनुसार शर्मा परिवारमा एक महिना या दुई महिनामा आवश्यकता अनुसार पारिवारिक मिटिङ बस्छ ,माइन्युटनै गरेर । महिना भरि एक अर्कालाई उसका बारेमा नराम्रा लागेका कुरा या कम्प्लेनहरु केहि छ भने भने अरु समयमा नभन्ने र मिटिङमानै छलफल गर्ने गरेको विश्वकी श्रीमती कविताले बताएकी छिन् ।

कसको के कमजोरी भयो छलफल गर्ने र अब देखी यस्तो गल्ती नगर्ने भनेर लिखित निर्णय नै गर्ने गरिएको उनले बताएकी छिन् । यस्तो बैठकमा उनीहरुले आफ्नी छोरीलाई पनि राख्ने गरेका छन् ।

श्रीमती कविताका अनुसार श्रीमान श्रीमतीका मात्रै नितान्त व्यक्तिगत विषयमा भने एनिभर्सरी भन्दा अघि श्रीमान श्रीमतीको मात्रै छुट्टै बैठक बस्छ त्यसमा बर्ष भरिका तिता मिठा कुराहरु गर्ने र बाँकी एक बर्ष केहि गुनासो नगर्ने । यसो गर्दा घर परिवारमा केहि समस्या नहुने सँधै हाँसी खुशि परिवार रहने उनले बताएकी छिन् ।

घरमा श्रीमती सँग समेत लिखित रुपमा माइन्युट गरेर बैठक गर्ने शर्माले नेपाली काग्रेसमा पनि माइन्युटनै गर्नु पर्ने जिम्मेवारी पाएका छन् अब उनले काग्रेस कसरी चलाउँछन् भन्ने प्रतिक्षाको बिषय बनेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

प्रतिक्रिया दिनुहोस !