‘एमाले’ सा’मन्ती संस्कार भएको ओलीको निजी कम्पनीः माधव नेपाल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले पार्टी नभइ केपी ओलीको निजी कम्पनी भएको टिप्पणाी गरेका छन् ।

अनेरास्ववियुको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीलाई संस्कारी बनाउने दाबी गर्दै व्यक्तिबादी प्रबृत्तिले पार्टीमा ठाउँ नपाउने दाबी गरे ।

‘एमालेमा ‘बा’ प्रबृत्ति छ, केपी ओलीलाई ‘बा’ मान्ने सामन्ती संस्कार छ, तर, हाम्रो पार्टीमा ‘कमरेड’ भन्ने संस्कार छ, उनले भने, ‘एमाले केपी ओलीको निजी कम्पनी हो, पार्टी होइन ।’ अध्यक्ष नेपालले नेकपा एकीकृत समाजवादी

क्रान्तिकारी र परिवर्तनकामी पार्टी भएको जिकिर समेत गरे । उनले विद्यार्थी नेताहरुलाई विद्यार्थीको आकर्षणको केन्द्र बन्ने दिशामा अग्रसर रहन आग्रह गरे ।

अध्यक्ष नेपालले मुलुकको हितमा हुने कुनै पनि सहयोग स्वीकार्य हुने बताए । उनले देशको हितमा नहुने सहयोग कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । एमसिसीबारे भइरहेका बहस र चर्चाको प्रसंग निकाल्दै उनले विदेशी सहयोग

लिँदा देशको हित विपरित देखिने केही त्यस्ता बुँदा भए तिनको पनि संशोधन गर्न आवश्यक हुने उनको भनाइ थियो ।

त्यस्तै, अधिवेशनलाई सम्बोधन गर्दै सहरी विकास मन्त्री एवम् नेकपा एकीकृत समाजबादीकी सचिव रामकुमारी झाँक्रीले दबाब र जागरणको अभियान निरन्तर जारी राख्न विद्यार्थीहरुलाई अपिल गरिन् । विद्यार्थी आन्दोलनको औचित्य

नसकिएको भन्दै झाँक्रीले जातीय, बर्गीय, लैंगिक, शैक्षिक विभेद रहँदासम्म विद्यार्थी आन्दोलनको औचित्य नसकिने स्पष्ट पारिन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

प्रतिक्रिया दिनुहोस !