विश्वप्रकाश शर्माको एउटै आइडियाले गर्यो कमाल, सिटौला भए लाजले भुतुक्कै !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नेपाली काग्रेसको १४ औँ महाधिवेशन बाट लोकप्रिय मत सहित महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले काग्रेस नेता कृष्णप्रसाद सिटौला सँग भेट गरेका छन् ।

काठमाडाँैको विशानगर स्थीत सिटौला निवासमै गएर नवनिर्वाचित काग्रेस महामन्त्री शर्माले आगामी कार्यकालमा लागी शुभकामना र आर्शिवाद लिएका छन् ।

शर्मा आर्शिवाद लिन घरैमा आए पछि सिटौलाले हार्दिका पूर्वक स्वागत गरेका थिए । महामन्त्री शर्माले सिटौला सँग बधाई र आशिर्वाद लिँदै गर्दाको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको भएको छ । त

स्बिरमा शर्मा निकै झकुेर आर्शिवाद लिइरहेका छन् भने सिटौलाले रातो टिका लगाएर बधाई दिँदै गरेको देख्न सकिन्छ । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छर भन्दै शर्मा समर्थकहरुले उक्त तस्बिरको निकै गुनगान गरिरहेका छन् ।

शर्मा र सिटौला दुवै जना झापा निवासी हुन् । एउटै जिल्लाका नेता भए पनि उनीहरु विच राम्रो सम्बन्ध नभएको बताइन्छ । यस पटक पनि शर्मालाई हराउँन सिटौलाले निकै जोडबेल गरेका थिए तर उनी भारी मतका साथ महामन्त्रीमा निर्वाचित भएका छन् ।

झापा जिल्लामा नेपाली काग्रेसको सिटौला र शर्माले छुट्टाछुट्टै गुट चलाइरहेका छन् । शर्माले सिटौला सँग सौहार्दपूर्ण सम्बन्ध बनाउँन खाजे पनि सिटौलाले आरिस गरेर विश्वप्रकाशलाई सिध्याउँन जोडबल लगाउँने गरेको जानकारहरु बताउँछन् ।

यस पटक पनि शर्मालाई रोक्नैका लागी सिटौलाले देउवा सँग सौदाबाजी गरेर प्रदिप पौडेललाई देउवा प्यानल बाट महामन्त्रीको उमेदवार बनाएका थिए ।

जसले आफुलाई रोक्नको लागी न्वारन देखिको बल लगाएर षड्यन्त्र गर्यो आज उसैको हातको टिका र आर्शिवाद लिएर विश्वप्रकाश शर्मा निकै कसिलो बदला लिएका छन् ।

विश्वप्रकाशको निधारमा रातो टिका लगाउँदै गर्दा सिटौलाको आँखामा आफुले गरेका षड्यन्त्रका तस्बिरहरु नाचेकी नाचेनन् होला भन्ने चर्चा पनि हुन थालेको छ । काग्रेस महामन्त्रीमा निर्वाचित भइसके पछि विश्वप्रकाश शर्माले एक पछि अर्को लोकप्रिय कामहरु गरिरहेका छन् ।

विजयी हुने वित्तीकै विपी कोइरालालाई राखिएको सुन्दरीजल जेलमा पुगेर उनले निकै महत्वपुर्ण अठोट गरेका छन् भने दोस्रो जनआन्दोलनका जिउँदा शहिद मुकेश कायस्थको घरैमा गएर पनि उनले भेटेका छन् । शर्माका हेरेक कामले एक पछि अर्को चर्चा बटुलिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 159
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    159
    Shares

प्रतिक्रिया दिनुहोस !