गठबन्धन बैठक सुरू नहुँदै बालुवाटारबाट किन बाहिरिए माधव ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

प्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बोलाइएको बोलाइएको सत्तारूढ गठबन्धनको बैठक अझै सुरू हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा ज्यापु दिवसको कार्यक्रममा गएकाले बैठक बस्न ढिला भएको बताइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने बालुवाटार पुगेर पनि बाहिरिएका छन् ।

आजै ४ बजे सर्वदलीय बैठक बोलइएको छ। एमसीसीलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आव्हान गरेका हुन् । त्यसअघि साझा धारणा बनाउन गठबन्धन बैठक बोलाइएको हो ।

एमालले भने नेकपा एकीकृत समाजवादी पार्टीलाई बोलाएको कुनैपनि बैठकमा नजाने नेकपा एमालेले निर्णय गरेको छ । एमाले सर्वदलिय बैठकमा पनि नजाने भएको छ ।

संसदमा प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेले आजको सर्वदलिय बैठकमा सहभागी नहुने भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजका लागि सर्वदलिय बैठक बोलाउनु भएको छ । तर एमालेले भने माधव नेपाल सहभागी भएको बैठकमा नजाने बताइसकेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

प्रतिक्रिया दिनुहोस !