ह्यारी योञ्जन र केकी अधिकारीको ‘आँखा भरी’ (भिडियो सहित)

काठमाडौं । कलाकार ह्यारी योञ्जन र केकी अधिकारीको ‘आँखा भरी’ सार्वजनिक भएको छ ।

भिडियोसहित सार्वजनिक ‘आँखा भरी’ बोलको गीतमा आशा लिम्बू सुहाङको स्वर रहेको छ भने चन्द्रकला नेवालको शब्द शुशिल विश्वकर्माको संगीत रहेको रहेको छ ।

आफले माया गरेको मान्छेबाटै धोका पाएको भावलाई मुख्य विषय बनाइएको गीतमा योञ्जन र अधिकारीसंगै रिया लामाको अभिनय रहेको छ । छायांकन बालाजु धर्मस्थली बाईपासको क्षेत्रहरुमा गरिएको हो ।

गीतमा दिनेश माङ्मुको निर्देशन रहेको छ । गीतलाई ओरिजीन नेपालकाृ अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !