कसले भन्यो कांग्रेस नेता प्रदिप गिरीलाई ‘एक सिंगे गैंडा’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली वाककला र अध्ययनमा निकै तगडा छन् । जो कोहिले पनि उनको क्षमताको प्रशंसा गरेकै छन् ।

जती नै मन नपरे पनि ‘बोल्न चाँही जान्या’ छ सम्म भए पनि विरोधीले पनि भनेकै छन् । औपचारिक शिक्षा खासै धैरै नभए पनि जीवन जगत देखि विश्व ब्रम्हाण्डसम्मका धेरै कुरामा ओलीले दख्खल राखेका छन् ।

ओलीलाई धेरैले घमण्डी नेता भनेर पनि भन्छन् तर गालीनै गर्नेहरुले पनि ओलीले १४ बर्ष जेल बसेका बेला पढ्न चाँही गजबले पढेका रहेछन् भनेर भन्छन । कपिपय पढाईको घमण्ड गर्ने विद्धानहरुलाई ओलीले कहिले काँही इन्भरटेड कमा भित्रका विद्धान भनेर पनि दनक दिएका छन् भने आफूसँग जुन सुकै ठाउँमा जुन सुकै भाषामा बहस गर्न आउँन पनि चुनौति दिने गरेका छन् ।

ओली प्रधानमन्त्री भएका बेला संसद विघठन पछि दुई इण्डीयन टेलिभिजनलाई अन्तवार्ता दिएका थिए । भारतिय इतिहाँसको पनि निकै गहिरो अध्ययन ओलीलाई रहेछ भन्ने कुरा त्यस बखत देखिएको थियो ।

जेएनयूमै आएर तिमीहरुलाई इतिहास पढाउँन तयार छु भनेर ओलीले दिएको पंच त्यतिखेर निकै नै चर्चित भएको थियो । ओलीको उक्त अन्तवार्ता पछि राष्ट्रिय रुपमानै निकै चर्चा भएको थियो ।

विशेष गरि एमाले वृतले ओलीले ज्ञानको गहिराई कति फराकिलो रहेछ भनेर वाहवाही गरेका थिए भने विरोधी खेमाले यो पनि सेटिङ हो भनेर आलोचना गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सार्वजनिक रुपमै यो नाटक हो, नाटकै हो भनेका थिए ।

ओलीले पनि नौटंकी नै हो भनेर प्रचण्डलाई हानेको सटाएर निकै चर्चित भएको थियो । सो अन्तवार्ता पछिको निकै रोचक रहस्य भने बल्ल अहिले आएर खुलेको छ ।

नेपाली काग्रेसका अध्ययनशिल र बौद्धिक नेताको रुपमा चिनीएका नेता प्रदिप गिरीले ओलीको सो अन्तवार्ता पछि दिएको प्रतिक्रिया भने निकै घतलाग्दो छ । गिरीले भनेको कुरा भर्खरै मात्रै बाहिर आएको छ ।

एक जना काग्रेस कार्यकर्ताले ओलीले भनेका कुरा साँचो हो की झुटो हो ? भनेर गिरीलाई अनौपचारिक रुपमा सोधेका थिए । त्यसबेला यसको निकै रोचक जवाफ गिरीले फर्काएका थिए ।

नेता गिरीले तपाईलाई म यो प्रश्नको जवाफ अली लामो दिउँ की एक वाक्यमा दिउँ ? भनेर पहिला सोधेका थिए । प्रश्नकर्ताले तपाईलाई जे सहज लाग्छ त्यहि गर्नुस भने पछि गिरीले, ‘केपी ओलीले दिएको अन्तवार्तामा बोलेका कुरा साँचो हुन् की झुटो हुन् भनेर जाँच गर्न मात्रै मलाई अब थप छ महिना अध्ययन गर्नु पर्ने अवस्था छ’ भनेर जवाफ दिएका छन् ।

चितवनमा पाइने गैडालाई छोयो भने पनि ६ महिना पछि मात्र चाल पाउँछ । ठिक त्यस्तै कुुरा गिरीले गरेपछि एमाले बृतमा उनलाई ‘एक सिंगे गैडा’को संज्ञा दिदै उडाउने गरिन्छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 129
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    129
    Shares

प्रतिक्रिया दिनुहोस !