मेघराज राईको गीति चलचित्र ‘मनको चोखो माया’ सार्वजनिक (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं–’मनको चोखो माया’ बोलको गीति चलचित्र युटुब मार्फत सार्वजनिक गरिएको छ। उक्त गिति चलचित्रमा रंगमंचमा कार्यरत युवाहरुको अभिनय देख्न सकिन्छ।

मनको चोखो माया एउटा नेपालि कथानक गीति चलचित्र हो, जसमा पुराना नेपाली चलचित्रका शैलीलाई नै कथा बनाएर प्रस्तुत गरिएको छ | प्रायजसो संगीत र द्वन्दको पूर्ण साथ सहित निर्माण हुने पुराना नेपालि चलचित्रलाई आधार मानि यस गीति चलचित्रमा पनि गित र द्वन्दलाई नाटकीय ढंगले प्रस्तुत गरिएको छ |

ललितपुरको लाखुरी भंज्याङ्गका डांडा र जंगललाई पर्दामा पुरानो शैलीमा प्रस्तुत गरिएको छ | हामीले बाल्यकालमा आँखामा भरेका पुराना नेपाली चलचित्रका सम्झना स्वरूप यो गीतिकथा प्रस्तुत छ |

द नैसेन्स फ्याल्यांक्स द्वारा प्रस्तुत यस गितिचलचित्रमा मेघराज राइको स्वर सुन्न पाइन्छ | पर्दामा कुसुम गुरुङ, कबि राइ, रुपेश लामा र सुरज तमु मुख्य भूमिकामा छन् भने सुमन तुम्बापो, मणि के राई, सौजन सेनेहाङ्ग, संजिप योगी आदि सहायक भूमिकामा प्रस्तुत छन् |

अनिल सुब्बाद्वारा निर्देशित यस गीतिचालाचित्रलाई जे.डी. तमूले छायांकन र सम्पादन गरेका हुन भने मणि के राईले नृत्य निर्देशन गरेका हुन | गिति चलचित्र एक पटक हेरेर प्रतिक्रिया दिन नबिर्सिनुहोला।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 156
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    156
    Shares

प्रतिक्रिया दिनुहोस !